बीवाईडीले अपडेटेड ताङ र हान मोडल फेब्रुअरी २८ मा लन्च गर्ने

  • Technology Khabar | १४ फाल्गुन २०८०, सोमबार
बीवाईडीले अपडेटेड ताङ र हान मोडल फेब्रुअरी २८ मा लन्च गर्ने

काठमाडौं ।

बीवाईडीले ताङ र हानको अपडेटेड मोडल फेब्रअरी २८ मा लन्च गर्ने भएको छ। अपडेटेड मोडलका साथ बीवाईडीले मिड टु हाई एण्ड ईभी बजारमा मूल्य यूद्ध अझै अघि बढाउने अपेक्षा गरिएको छ।

हान सेडान र ताङ एसयूभीको ग्लोरी एडिसन मोडलको लागि लन्च कार्यक्रम फेब्रुअरी २८ मा बेइजिङ समय ३ बजेदेखि सुरु हुने बीवाईडीले आइतबार विईवोमा घोषणा गरेको छ।

मोडलहरु नयाँ ह्वाइट, पर्पल र ब्लू एक्सटेरियर विकल्पहरुमा आउने छ। अपडेटेड मोडल समकक्ष इन्धन भन्दा सस्तो हुने अनुमान गरिएको सीएनईभीपोस्टले उल्लेख गरेको छ।

बीवाईडीले एक वर्ष अघि आफ्नो मुख्य मोडलहरुमा पहिलो रिफ्रेस सुरु गरेको थियो। कम्पनीको च्याम्पियन एडिसन आफ्नो इन्धन समकक्ष समान मूल्यको थियो।

कम्पनीले हान र ताङको च्याम्पियन एडिसन २०२३ मार्च १७ मा लन्च गरेको थियो।

प्रकाशित: १४ फाल्गुन २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार