सेरेसको थ्री एस सुविधासहितको शोरुम बुटबलको कालीका नगरमा

  • Technology Khabar | १३ फाल्गुन २०८०, आईतवार
सेरेसको थ्री एस सुविधासहितको शोरुम बुटबलको कालीका नगरमा

काठमाडौं ।

विद्युतीय सवारी साधनको क्षेत्रमा नेपालकै शीर्षस्थान ब्रान्ड बन्ने उद्देश्यका साथ बुटबलको कालीका नगरमा सेरेसले आफ्नो अत्याधुनिक शोरुमको उद्घाटन गर्दै आफ्नो सञ्जाललाई बलियो बनाएको छ।

कम्पनीले बुटबलमा थ्रि एस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) शोरुम स्थापना गरेको हो। नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले बुटवलमा डिलरशिपका लागि इ एम मोटर्ससँग साझेदारी गरेको हो।

शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई सेरेस ईभीको अन्वेषण गर्ने हबको रूपमा काम गर्नेछ।

अग्रज उद्यमीहरू लगायत अन्य महत्वपूर्ण व्यक्तित्वहरूको उपस्थिति रहेको उद्घाटन समारोहमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरी प्रसाद अर्याल ,नाडा रुपन्देहीका अध्यक्ष गणेश भटराई , एमएडब्लू वृद्धि अटोकोर्प का बिजनेष हेड प्रशन्न पन्त, इएम मोटर्सका डाईरेक्टर राजेश घिमिरे लगाएतले सोरुमको उदघाटन गरेका थिए।

रुपन्देहीमा इलेक्ट्रिक चारपाग्रे सवारी साधनको माग बढदै गएको भन्दै रुपन्देहीमा सेरेस गाडी लोकपिय हुने विश्वास ब्यक्त गरे।

शोरुम उद्घाटनको अवसरमा एक जना ग्राहकलाई इएम मोटर्सले सेरेस थ्री इभी गाडी हस्तान्तरण गरेको जनाएको छ।

प्रकाशित: १३ फाल्गुन २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...