
काठमाडौं ।
एथरका इलेक्ट्रिक स्कुटर पोखरामा पनि उपलब्ध हुने भएको छ। पोखरा क्षेत्रको आधिकारिक बिक्रेता अटोवेज प्रालिले डिलरको रूपमा एथरलाई पोखरामा भित्र्याएको छ। पोखराको नयाँबजारस्थित अटोवेज विल्डिङमा शोरुम स्थापना गरिएको छ।
बैद्य अर्गनाइजेशनको सहायक कम्पनी ‘बैद्य इनर्जी’ले भारतीय इलेक्ट्रिक स्कुटर कम्पनी एथर इनर्जीका उत्पादन नेपालमा बिक्री सुरु गरेसँगै काठमाडौँ र ललितपुरपछि पोखरामा बिक्रि वितरण फागुन १२ बाट सुरु भएको हो। भारतकै सर्वाधिक सफल र चर्चित इलेक्ट्रिक स्कुटर पछिल्लो समय नेपाली बजारमा माग बढिरहेको छ।
विशेष गरी, आटोवेज प्रा। लि ले टोयोटाको डिलरको रूपमा पनि बिगत २० वर्ष भन्दा अगाडी देखि पोखरामा सेवा दिइरहेको छ। जसले मुख्य कम्पनीसँगको दीर्घकालिन सम्बन्ध देखाउँछ।
पोखरामा पहिलो डिलरसंगै सर्भिस स्टेशन पाउनुको साथै दुई चार्जिङ स्टेशन पहिले नै स्थापित भएका छन्, जुन आटोवेज भवन केन्द्रमा र लेकसाइड केन्द्रमा रहेका छन्। थप दुई चार्जरहरू छिट्टै लगाइने छन्, जुन पोखरा भर्सनमा आवश्यकता र सुगमताको लागि गरिने कम्पनीले जानकारी दिएको छ। ।
‘हामी आटोवेज प्रालिसँग सहकार्य गरि एथेर एनर्जीलाई पोखरामा ल्याउन उत्साहित छौं,’ वैद्य एनर्जीको सीईओ सुर्यंश वैद्य भने।
एथरको सफल मोडल ‘४५० एक्स’ दुई फरक ब्याट्री अप्सनमा नेपालमा उपलब्ध हुनेछ। जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको दुई ब्याट्री छन् । ग्राहकले आफ्नो आवश्यकता अनुसारको भर्सन छनोट गर्न सक्नेछन्।
एथर ‘४५० एक्स’ अविश्वसनिय फिचरको कारण चर्चामा रहेको इलेक्ट्रिक स्कुटर हो । यसमा पार्किङ एसिस्ट, अटो होल्ड, फलसेफ, गुगल म्याप जोडिएको ७ इन्चको टीएफटी डिस्प्ले जस्ता फिचर उपलब्ध छन् । यसको टप स्पीड ९० किलोमिटर प्रतिघन्टा रहेको छ ।
प्रकाशित: १३ फाल्गुन २०८०, आईतवार