Technology Khabar ११ फाल्गुन २०८०, शुक्रबार
काठमाडौं ।
अमेरिकामा बिहीबार अवरुद्ध भएको दूरसञ्चार सेवा पुनर्स्थापित भएको छ। एटीएण्डटीले बिहीबारको व्यापक आउटेज पछि आफ्ना मोबाइल फोन ग्राहकहरुमा पहुँच पुनर्स्थापित गरेको विज्ञप्ति जारी गर्दै जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ।
अमेरिकाभरका हजारौं सेल फोन प्रयोगकर्ताले बिहीबार आउटेजको समाना गरेका थिए।
आउटेज ट्र्याकिङ वेबसाइट डाउनडिटेक्टर डट कमले बिहीबार बिहान स्थानीय समयअनुसार ७ बजे ५० हजारभन्दा बढी समस्या दर्ता भएको जानकारी दिएको थियो।
एटीएण्डटीले ग्राहकहरूसँग माफी माग्दै सेवाहरू बिहीबार दिउँसो पूर्ण रूपमा पुनस्र्थापित भएको जानकारी दिएको छ।
“हामी हाम्रा ग्राहकहरूले भविष्यमा यस्तो अनुभव नहोस् भनेर सुनिश्चित गर्न कदम चालिरहेका छौं,“ कम्पनीले एक विज्ञप्तिमा भन्यो।
अवरुद्ध हुनुको कारणका सम्बन्धमा अनुसन्धान भइरहेको छ।
भेराइजन र टी–मोबाइलले पनि आफ्नो नेटवर्क सामान्य रुपमा चलिरहेको बीबीसीलाई जानकारी दिएको छ।
प्रकाशित: ११ फाल्गुन २०८०, शुक्रबार