गुगलको नेक्स्ट–जेन पब्लिक एआई मोडल ‘जेम्मा’ अनावरण

Technology Khabar ११ फाल्गुन २०८०, शुक्रबार

काठमाडौं ।

गुगलले आफ्नो नयाँ आविष्कार ‘जेम्मा’ अनावरण गरेको र यसले एआई क्षेत्रमा पूर्ण नयाँ मानक चिन्ह भएको बताएको छ। जेम्मा एआई रिसर्च (अनुसन्धान) को लागि गुगलको खुला रूपमा उपलब्ध मोडल हो।

गुगल डिपमाइन्ड र अन्य टोलीहरूका साथमा प्रतिभाशाली दिमागहरूद्वारा विकास गरेको जेम्माले सबै ठाउँका एआई विकासकर्ताहरू र अनुसन्धानकर्ताहरूका लागि अत्याधुनिक प्रविधि ल्याउँदै एक महत्त्वपूर्ण आधार उपलब्ध गराउनेछ।

यसलाई “प्रिसियस स्टोन” (बहुमूल्य पत्थर) को लागि ल्याटिन शब्दको नामबाट नामाकरण गरिएको हो भने यसले गुगलले द्रुत रूपमा बढ्दो क्षेत्रमा ल्याउने मूल्यलाई मूर्त रूप दिने उल्लेख गरिएको छ।

जेम्मा २बी र जेम्मा ७बी गरी जेम्मा परिवार दुई आकारमा आएको र प्रत्येकलाई समुदायको विविध आवश्यकताहरू पूरा गर्न तयार पारिएको जनाइएको छ। साथै गुगलले यी मोडेलहरू शक्तिशाली मात्र नभएर जिम्मेवार पनि छन् भनी सुनिश्चित गर्न पर्याप्त कदम चालेको बताएको छ।

तिनीहरूको ट्रेनिङ (प्रशिक्षण) सेटहरूबाट संवेदनशील डाटा हटाएर र म्यानुअल रेड–टीमिङ र अटोमेटेड एडभर्सरियल टेस्टिङ (परीक्षण) सहित कठोर परीक्षणहरू पार गर्दै कम्पनीले मोडल सुरक्षाको आश्वासन दिएको छ।

यसको भर्सट्यालिटीले गर्दा जेम्मालाई अलग बनाउने जनाइएको छ। जेम्मालाई ल्यापटपबाट काम गर्दा होस् वा मोबाइल, आईओटी र क्लाउड प्लेटफर्महरूमा एप्लिकेसनहरू प्रयोग गर्दा निर्बाध रूपमा इन्टिग्रेट गर्न डिजाइन गरिएको छ।

भर्टेक्स एआई र गुगलकुबर्नेट्स इन्जिन (जीकेई) सँग यसको अनुकूलताले डिप्लोयमेन्टलाई सरल बनाउने छ भने एनभिडियासँगको साझेदारीले जेम्मा दुवै गुगल क्लाउड टीपीयूक र एनभिडिया जीपीयूहरूमा राम्रोसँग चल्ने सुनिश्चित गर्दछ।

यसबाहेक, व्यावसायिक प्रयोग र सबै आकारका संगठनहरूमा वितरण गर्न अनुमति दिँदै गुगलले रेस्पोन्सिबल एआई प्रयोगलाई प्रवर्द्धन गर्ने जनाएको छ।

प्रकाशित: ११ फाल्गुन २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया