Technology Khabar ११ फाल्गुन २०८०, शुक्रबार
काठमाडौं ।
चिनियाँ प्रतिस्पर्धीहरूको तुलनामा सामसङका फोल्डेबलहरू धेरै बाक्लो छन् र यसले प्रयोगकर्ताको अनुभवमा नकारात्मक असर पारेको बताईएको छ। अनर म्याजिक भी २ बन्द गर्दा यो १०.१ एमएम (मिलिमीटर) मोटाईको हुन्छ भने ग्यालेक्सी जेड फोल्ड ५ तुलनात्मक रूपमा १३.४ एमएम मिलिमीटर रहेको छ।
तथापि सामसङले अन्ततः पातलो फोन प्राप्त गरेको देखिएको उल्लेख छ। नयाँ अफवाहकाअनुसार, आगामी ग्यालेक्सी जेड फोल्ड ६ सामसङको अहिलेसम्मको सबैभन्दा पातलो फोल्डेबल हुनेछ।
साथै यो धेरै मार्जिनसहित बन्द हुँदा ठ्याक्कै ११ एमएम (मिलिमीटर) मा क्लक हुने अपेक्षा गरिएको छ।
यद्यपि हालै लीक भएको तस्विरले वास्तविक फोल्ड ६ नदेखाएको र यो फोल्ड ५ लाई समानुपातिक रूपमा ११ एमएम (मिलिमीटर) मा संकुचन गरिएको केवल एक अनुमानित तस्विर भएको बताईएको छ।
सामसंगले ग्यालेक्सी जेड फ्लिप ६ र ग्यालेक्सी रिङ सँगसँगै ग्यालेक्सी जेड फोल्ड ६ लाई पनि जुलाईको अन्त्यमा अनावरण गर्ने अपेक्षा गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ११ फाल्गुन २०८०, शुक्रबार