७ महिनामा १७ अर्ब ३८ करोडको स्मार्टफोन आयात

  • Technology Khabar | ९ फाल्गुन २०८०, बुधबार
७ महिनामा १७ अर्ब ३८ करोडको स्मार्टफोन आयात

काठमाडौं ।

नेपालमा स्मार्टफोनको आयात बढेको देखिएको छ। भन्सार विभागको आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार १७ अर्ब ३८ करोड ३६ लाख ९१ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ।

चालु आवको माघ मसान्तसम्म उक्त रकम बराबरको ११ लाख २६ हजार ७४७ यूनिट स्मार्टफोन आयात भएको छ।

गत आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्म १४ अर्ब ७६ करोड ८३ लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ५ हजार १३५ यूनिट स्मार्टफोन आयात भएको थियो।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्ष स्मार्टफोनको आयात २ अर्ब ६१ करोड ५३ लाख ४१ हजार रुपैयाँ अर्थात १७.७० प्रतिशतले बढेको छ।

एक वर्षको अवधिमा एक लाख २१ हजार ५७९ यूनिटले स्मार्टफोनको आयात बढेको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

चालु आवमा सरकारले स्मार्टफोनको आयातबाट ३ अर्ब २३ करोड ५७ लाख ३३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।

नेपालमा ५७ मुलुकबाट स्मार्टफोन आयात हुने गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आउने गरेको छ। चालु आवको माघसम्म चीनबाट ११ अर्ब ८५ करोड १ लाख ९४ हजार रुपैयाँ बराबरको ८ लाख १४ हजार ८७० यूनिट स्मार्टफोन आयात भएको छ।

भारतबाट ५ अर्ब २४ करोड १८ लाख ५ हजार रुपैयाँ बराबरको ३ लाख ८ हजार ४५२ यूनिट स्मार्टफोन आयात भएको छ।

नेपालमा आयात हुने स्मार्टफोन मध्ये भारत र चीनको हिस्सा ९८.३२ प्रतिशत रहेको छ। बाँकी ५५ मुलुकबाट २९ करोड १६ लाख ९२ हजार रुपैयाँ बराबरको ३ हजार ४२५ यूनिट स्मार्टफोन आयात भएको छ।

प्रकाशित: ९ फाल्गुन २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • ९ फाल्गुन २०८०, बुधबार