ईकमर्श प्लेटफर्म ग्यापुका संस्थापक खड्कालाई गुण्डाहरुको समूहले अपहरण गरी फिरौती असुलेको आरोप

Technology Khabar ९ फाल्गुन २०८०, बुधबार

ईकमर्श प्लेटफर्म ग्यापुका संस्थापक खड्कालाई गुण्डाहरुको समूहले अपहरण गरी फिरौती असुलेको आरोप
खड्काको फेसबुक प्रोफाइलबाट

काठमाडौं ।

नेपालको पहिलो ओटिए (अनलाईन ट्राभल एग्रिगेटर) प्लेटफर्म एक्सलट्रिप (हाल जाम्न) तथा ईकमर्श प्लेटफर्म ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले आफूलाई अपहरण गरेर गुण्डाहरुले फिरौती असुल गरेको आरोप लगाएका छन्।

उनले २०८० पुस २३ गते ‘गुण्डा नाईके’ गणेश लामा र सहदेब कक्षपती लगायतको समूहले ललितपुर जिल्ला धोलाहिटी आदर्श टोलबाट अपहरण गरी सानेपास्थित लन्डन हाउस (सानेपा खरिबोट बाट टेकु पुल जाने पट्टी) होटलमा लगेर ८ घन्टा भन्दा बढी कोठामा थुनेर बन्धक बनाइ धम्की र त्रास बिच करकापमा फिरौती स्वरूप करोडौंको लेनदेनको कागज गरेको प्रेस विज्ञप्तीमार्फत आरोप लगाएका हुन्।

उनले ज्यानको सुरक्षा महत्वपूर्ण भएकोले समयमै सार्बजनिक गर्न नसकिएको भन्दै “घर परिवारलाई भनिस र पुलिसकोमा गइस् भने राम्रो हुँदैन भनेर त्रसित गर्ने गरेको” बताएका छन्।

खड्काले प्रहरी प्रशासन र कानुनी सल्लाहकारहरुको सल्लाहमा उपत्यका अपराध अनुसन्धान महाशाखामा २०८० माघ २८ गते गते जाहेरी दिएको उल्लेख गरेका छन्। उक्त जाहेरी ७ दिनपछि ललितपुर परिसरमा थप अनुसन्धानका लागि फाईल पठाएको बुझ्नमा आएको जनाएका छन्।

उनले विभिन्न व्यक्ति र संस्थाको समेत संलग्नतामा झन्डै १ बर्ष देखी निगरानी राख्दै नेपाल आएको/नआएको बुझ्ने, पिछा गर्ने र अपहरण गर्ने योजना बनाएको स्वयम २ जना अपहरणकारीले मलाई राखिएको ८ घन्टाको समयमा बताएको जिकिर गरेका छन्।

“तेरो घर परिवारलाई भनिस् वा पुलिसकोमा गइस् भने धेरै नराम्रो हुन्छ, तलाई जहाँ गएपनी छोड़दिन र २०/३० लाख खर्च गरेर केटा लगाएर मार्दिन्छु” सम्मको धम्की दिएको र मेरो चिनजानका मान्छेहरु सँग समेत बिभिन्न बहनामा कल गर्ने बुझ्ने, सुचना लिने गरेको स्वयम अपहरणकारीले बताएको उनले भनेका छन्।

“यदी तैंले तोकिएको समय भित्र फिरौती बराबरको रकम भुक्तान गरिनस् भने, तँलाई के गर्नु पर्छ जानेको छौ, छोड्दैनौ” भन्ने जस्ता धम्किहरु पनि दिएका थिए र त्यसपछि मलाई त्रास पुर्ण अवस्थामा जबर्जस्ती कागज गराएर छोडिदिएका खडकाको जिकिर छ।

हाल निज अपहरणकारीहरुद्वारा मुद्दालाई कमजोर बनाउनको लागी हुँदै नभएको फगत कुराहरु गर्ने, मिलापत्र गर्दैछौँ, चितवन काभ्रेमा समेत दुइ ग्रुप बिच छलफल भएको छ जस्तो भ्रामक कुराहरु प्रहरी प्रशासन समक्ष पुर्याएको र मिलापत्र भैसक्यो, ज्ञानेन्द्र खड्काले मुद्दा फिर्ताको लागी निवेदन दिन्छ भन्ने सहितका जानकारी राखेर भ्रम छरिएको समेत बताए।

खड्काले हालसम्म उपत्यका अपराध अनुसन्धान महाशाखाले जाहेरी दर्ताको प्रमाण समेत नदिएको र हालसम्म गुण्डाहरु र अपराधीलाई पक्राउ नगरेको गुनासो गरे।

“हामीले शक्तिशाली गुण्डाको विरुद्ध जाहेरी दिएको हुँदा र प्रहरीले सुस्त अनुसन्धान गर्दा न्याय नपाउने आशंका भएको छ” खड्काले टेक्नोलोजीखबरसँग भने, “अझ प्रहरीले नै उनीहरुलाई खबर गरेर व्यक्तिगत लेनदेन गरेको भन्ने बनाउन खोजेको देखिन्छ।”

स्मरण रहोस् ‘गुण्डा नाईके’ लामा हाल नेपाली कांग्रेसका केन्द्रिय सदस्य छन्।

यस्तो छ खड्काले जारी गरेको प्रेस विज्ञप्ती-

press release

प्रकाशित: ९ फाल्गुन २०८०, बुधबार

तपाइको प्रतिक्रिया