Technology Khabar ९ फाल्गुन २०८०, बुधबार
काठमाडौं ।
बेलायत सरकारले विद्यालयमा स्मार्टफोनको प्रयोग सीमित गर्न सिफारिस गरेको छ।
बेलातयी सरकारले प्रधानाध्यापकहरूका लागि नयाँ निर्देशन जारी गरेको हो, र ब्रेक-टाइम सहित स्कूलको समयमा साना विद्यार्थीहरूले स्मार्टफोनको प्रयोगमा प्रतिबन्ध लगाउन सिफारिस गरेको छ।
युनेस्कोले सन् २०२३ मा गरेको अनुसन्धानलाई उद्धृत गर्दै डिभाइसहरू शैक्षिक कार्यसम्पादनमा कमीसँग जोडिएको पाइएको थियो। बेलायती शिक्षा विभागले भन्यो, तिनीहरूको प्रयोगले अनलाइन बुलिङ, गडबडी र कक्षाकोठामा अवरोध ल्याउन सक्छ।’
बेलायती स्कूलहरूको ठूलो अनुपातमा प्रतिबन्धहरू पहिले नै अवस्थित छन्, र सरकारले बताएअनुसार अपडेट गरिएको मार्गदर्शनले यसलाई थप सुनिश्चित गर्नेछ।
प्रकाशित: ९ फाल्गुन २०८०, बुधबार