नयाँ एआई चिप उद्यम निर्माण गर्न १०० बिलियन डलर लगानी जुटाउँदै सफ्टबैंक

  • Technology Khabar | ९ फाल्गुन २०८०, बुधबार
नयाँ एआई चिप उद्यम निर्माण गर्न १०० बिलियन डलर लगानी जुटाउँदै सफ्टबैंक

काठमाडौं ।

सफ्टबैंक ग्रुपका सीईओ मसायोशी सनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उद्योगमा लगानी गर्ने भएका छन्। एआई प्रविधिमा ग्रुपलाई अघि बढाउन सनले लगानी जुटाइरहेका छन्।

ब्लूमबर्गको रिपोर्ट अनुसार सफ्टबैंकका संस्थापकले नयाँ उद्यम बनाउका लागि १०० बिलियन अमेरिकी डलर जुटाइरहेको छ। सफ्टबैंकले यस लगानी मार्फत एआई चिप्स क्षेत्रमा एनभिडिया लगायत कम्पनीसँग प्रतिस्पर्धा गर्ने योजना बनाएको छ।

कोड–नाम इजानागी, नयाँ उद्यमले आर्मसँग सहकार्य गर्नेछ। चिप डिजाइन कम्पनी आर्मलाई सफ्टबैंकले गत वर्ष सार्वजनिक कम्पनीको रूपमा स्थापित गरेको थियो। सफ्टबैंकसँग आर्मको स्टकको ९० प्रतिशत स्वामित्व छ।

सफ्टबैंकले मध्य पूर्व स्थित संस्थागत लगानीकर्ता मार्फत कुल १०० बिलियन अमेरिकी डलर मध्ये ७० बिलियन अमेरिकी डलर प्राप्त गर्ने योजना बनाइरहेको छ। बाँकी ३० बिलियन अमेरिकी डलर सफ्टबैंक आफैले जुटाउनेछ।

एनभिडियाले हाल एआई चिप बजारमा आफ्नो जीपीयू चिप्सका साथ प्रभुत्व कायम राखेको छ। बढ्दो एआई प्रविधिसँगै यसमा प्रयोग हुने चिपको दक्षता र लागत सुधार गर्न अन्य विकल्प पनि हुनु पर्ने माग बढिरहेको छ। यस्तोमा सफ्टबैंकले एआई चिप्सका लागि आफूलाई तयार गरिरहेको छ।

ओपनएआई सीईओ साम अल्टम्यान पनि नयाँ एआई चिप परियोजनाको लगानीका लागि यूएर्यका लागनीकर्ताहरुसँग छलफलमा रहेका छन्। यस परियोजनाका लागि उनले ५ देखि ७ ट्रिलियन अमेरिकी डलर लगानी उठाउने अपेक्षा गरिएको छ। एआईको क्षेत्रमा अग्रणी कम्पनीको रुपमा आफूलाई स्थापित गरेकाले ओपनएआईको यो कदमलाई महत्वपूर्ण रुपमा हेरिएको छ।

ओपनएआई चिपको ठूलो उपभोक्ता मध्ये एक हो। चिपमा मात्रै कम्पनीको ठूलो रकम खर्च हुँदै आएको छ।

प्रकाशित: ९ फाल्गुन २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार