न्यूरालिंकको पहिलो मानव बिरामीले सोचाइको माध्यमबाट माउसलाई नियन्त्रण गर्न सक्षम भएको इलन मस्कको दाबी

Technology Khabar ९ फाल्गुन २०८०, बुधबार

काठमाडौं ।

न्यूरालिंकबाट ब्रेन–चिप प्रत्यारोपण गरिएको पहिलो मानव बिरामी पूर्ण रूपमा निको भएको पाइएको छ। ब्रेन–चिप प्रत्यारोपण गरिएको बिरामीले आफ्नो विचार प्रयोग गरेर कम्प्युटर माउसलाई नियन्त्रण गर्न सक्षम भएको स्टार्टअपका संस्थापक इलन मस्कले सोमबार दाबी गरेको रोयटर्सले उल्लेख गरेको छ।

मस्कले एक्समा एक स्पेस कार्यक्रममा भने, ‘प्रगति राम्रो छ, र बिरामी पूर्ण निको भएको जस्तो देखिन्छ, हामीलाई थाहा छ कि कुनै खराब प्रभाव छैन। बिरामीले केवल सोचेर स्क्रिन वरिपरि माउस घुमाउन सक्षम छ।’

न्यूरालिंकले अब बिरामीबाट सकेसम्म धेरै माउस बटन क्लिक गराउने प्रयास गरिरहेको मस्कले बताए।

सेप्टेम्बरमा मानव परीक्षण लागि स्वीकृति प्राप्त गरेपछि फर्मले गत महिना आफ्नो पहिलो मानव बिरामीमा सफलतापूर्वक चिप प्रत्यारोपण गरेको थियो।

‘यो अध्ययनले मस्तिष्कको कुनै क्षेत्रमा मस्तिष्क–कम्प्यूटर इन्टरफेस इम्प्लान्टलाई सर्जिकल रूपमा राख्नको लागि रोबोट प्रयोग गर्दछ जसले हल्लिने डुल्ने मनसायलाई नियन्त्रण गर्दछ,’ न्युरालिंकले भनेको छ्, ‘प्रारम्भिक लक्ष्य भनेको मानिसहरूलाई उनीहरूको विचार प्रयोग गरेर कम्प्युटर कर्सर वा किबोर्ड नियन्त्रण गर्न सक्षम पार्नु हो।’

न्युरालिंकका लागि मस्कको ठूलो महत्वाकांक्षा छ, यसले मोटोपना, अटिजम, डिप्रेसन, र सिजोफ्रेनिया जस्ता अवस्थाहरूको उपचार गर्नका लागि यसको चिप डिभाइसलाई द्रुत सर्जिकल प्रविष्टिलाई सुविधा दिनेछ।

प्रकाशित: ९ फाल्गुन २०८०, बुधबार

तपाइको प्रतिक्रिया