अब नेपालीले भारतमा सजिलै सिमकार्ड पाउने

Technology Khabar ८ फाल्गुन २०८०, मंगलवार

काठमाडौं ।

नेपाली नागरिकले छिमेकी मुलुक भारतमा सजिलै सिमकार्ड पाउने भएका छन्। भारतका लागि नेपाली राजदुत डां शंकर शर्माले आज (मंगलरबार) एक्समा ट्वीट गर्दै जानकारी दिएका हुन्।

अब नेपाली नागरिकहरुले व्यक्तिगत विवरणका आधारमा भारतीय सिमकार्ड पाउने भएका छन्।

‘अब नेपाली नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र आदि कागजातका आधारमा नेपालीले भारतीय मोबाइल सिमकार्ड पाइने भएको छ। पहिले प्राविधिक कारणले पाइदैन थियो,’ शर्माले एक्समा लेखेका छन्।

यस अघि भारतमा नेपाली नागरिकले सिमकार्ड लिन झन्झटिलो थिए।

नेपाली राजदुतावासको आग्रहलाई भारतको परराष्ट्र मन्त्रालय र सांस्कृति मन्त्रालयले स्वीकार गरेसँगै नेपाली नागरिकले सहजै सिमकार्ड पाउने वातावरण तयार भएको शर्माले एक्समा लेखेका छन्।

प्रकाशित: ८ फाल्गुन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया