हुम्लाको दुर्गम गाउँ ताँजाकोटमा फोरजी सेवा सञ्चालन

Technology Khabar ८ फाल्गुन २०८०, मंगलवार

काठमाडौं ।

वर्षौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका हुम्लाको ताँजाकोट गाउँपालिकाको दुर्गम गाउँमा फोरजी सेवा सञ्चालनमा आएको छ।

गत पुस १७ देखि टावर सञ्चालनमा आए पछि ताँजाकोट गाउँपालिका लगायतका बाजुरा र मुगु आसपासका सबै गाउँमा फोरजी सेवा सञ्चालन भएसँगै स्थानीय उत्साहित भएका छन्।

गाउँमै फोरजी सेवासहितको इन्टरनेट र टेलिफोन सञ्चालनमा आएपछि स्थानीयले राहत महसुस गर्नुका साथै स्थानीय तहको दैनिक कार्य सम्पादनमा समेत सहज भएको ताँजाकोट गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताए। उनका अनुसार फोरजी सेवा विस्तारले गाउँमा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र मनोरञ्जन तथा सूचना आदान प्रदानको कामसमेत सहज हुने भएको छ।

ताँजाकोटका पाँचवटै वडा कार्यालयमा फोरजीसहितको इन्टरनेट सेवा सञ्चालन गर्ने तयारी रहेको पनि रहेको ताँजाकोट गाउँपालिकाले जनाएको छ। ताँजाकोट- १ जिमानाको लेकमा राखिएको फोरजी टावरले छिमेकी अदानचुली गाउँपालिकाका केही क्षेत्र, छिमेकी जिल्ला मुगु र बाजुरामा समेत काम गर्नेछ।

हिमाली जिल्ला डोल्पाका दुई स्थानमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । जिल्लाको काइके गाउँपालिका र ठूलीभेरी नगरपालिकाकामा फोरजी सेवा सञ्चालनमा आएको टेलिकमले जानकारी दिएको छ।

प्रकाशित: ८ फाल्गुन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया