चाइना मोबाइलले सिक्सजी प्रविधिका लागि प्रक्षेपण गर्यो परीक्षण स्याटेलाइट

  • Technology Khabar | ८ फाल्गुन २०८०, मंगलवार
चाइना मोबाइलले सिक्सजी प्रविधिका लागि प्रक्षेपण गर्यो परीक्षण स्याटेलाइट

काठमाडौं ।

गत फेब्रुअरी ३ तारिखमा, चाइना मोबाइलले सिक्सजी प्रविधिको परीक्षण गर्ने उद्देश्यले अहिलेसम्मकै  पहिलो स्याटेलाइट (भूउपग्रह) प्रक्षेपण गरेको छ।यसले टेलिकम (दूरसञ्चार) जायन्टलाई सञ्चारको नयाँ क्षेत्रहरूमा अनुसन्धान गर्नेको अग्रपंक्तिमा राखेको छ।

पृथ्वीलाई अपेक्षाकृत नजिकको दूरीमा परिक्रमा गर्ने स्याटेलाइट (भूउपग्रह) विश्वव्यापी टेलिकममा अर्को महत्वपूर्ण कदम हुनसक्नेछ।

यो स्याटेलाइटले पृथ्वीलाई लगभग ५०० किलोमिटर माथिको नजिकको दूरीबाट परिक्रमा गर्नेछ। साथै यो लो–अर्थ अर्बिट भएकोले यसले टाढा रहेका स्याटेलाइटहरूले भन्दा धेरै छिटो र अधिक विश्वसनीय रूपमा डाटा पठाउन र प्राप्त गर्न सक्ने दाबी छ।

चाइनिज एकेडेमी अफ साइन्सेजको साथमा विकसित गरिएको बोर्डमा रहेको प्रविधि ग्राउन्डब्रेकिंग भएको थप उल्लेख छ। साथै चिनियाँ घरेलु प्रविधिको साथ निर्मित यसले अन्तरिक्षबाट आफैँलाई अद्यावधिक गर्न सक्नुका साथै स्वचालित रूपमा आफ्नो सञ्चालनहरू व्यवस्थापन गर्न सक्ने गीज्मोचाइनाको रिपोर्टमा उल्लेख छ।

प्रकाशित: ८ फाल्गुन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार