Technology Khabar ६ फाल्गुन २०८०, आईतवार
काठमाडौं ।
नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा नयाँ अफर उपलब्ध गराएको छ। टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा वीर शहिदहरुको सम्मानार्थ शहिद परिवारका साथै प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न प्रकारका अफर उपलब्ध गराएको छ।
सो अफर आज (२०८० फागुन ६) देखि प्रारम्भ भएको र आगामी फागुन १२ सम्म उपलब्ध हुने जानकारी दिएको छ।
नेपाल टेलिकमले देशमा प्रजातन्त्र/लोकतन्त्र/गणतन्त्र प्राप्तिको लागि आहुति दिने वीर शहिदहरुको सम्मानार्थ शहिद परिवारलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराउने कम्पनीका प्रवक्ता हरी ढकालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।
अफरअन्तरगत साविक बमोजमको फ्रि रिसोर्स अर्थात १ जीबी डाटा, १०० मिनेट अन–नेट भ्वाइस र १०० अन–नेट एसएमएस सुविधा भएको तथा ३० दिन सम्म सो रिसोर्स चलाउन मिल्ने सिमकार्ड शहिद परिवारलाई निःशुल्क उपलब्ध गराइने छ।
यसैगरी, एफटीटीएच अन्तर्गत ५० एमबीपीएसको वार्षिक एक पटक प्याकेज (Yearly One Time) र कम्बो वार्षिक एक पटक (Combo Yearly One Time ) को प्याकेजमा सहुलियत प्रदान गरिएको छ।
कम्पनीको प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराइएको जानकारी दिएको छ।
यस अन्तर्गत १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेजका साथै ६ जीबी, १३ जीबी, २० जीबी र ३० जीबी डाटा प्याकेज तथा ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा सहितको फेस्टिभ कम्बो प्याक समेत उपलब्ध छ।
आगामी फागुन १२ गतेसम्म आफ्नो मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिने जनाएको छ।
प्रकाशित: ६ फाल्गुन २०८०, आईतवार