
काठमाडौं ।
बोर्गवार्नर इंकले कमर्शियल सवारीका लागि लिथियम आइरन फस्फेट (एलएफटी) ब्याट्री प्याकहरू निर्माण गर्न बीवाईडी कम्पनी लिमिटेडको सहायक कम्पनी फिनड्रिम्स ब्याट्रीसँग रणनीतिक सम्झौताको घोषणा गरेको छ।
सम्झौता अन्तर्गत बीवाईडीले बोर्गवार्नरलाई ब्लेड सेलहरू आपूर्ति गर्नेछ। कम्पनीले यसलाई युरोप र अमेरिकामा ब्याट्रीहरू उत्पादन गर्न प्रयोग गर्नेछ। यो सम्झौताको अवधि ८ वर्ष रहेको छ।
सम्झौताको हिस्साको रुपमा बोर्गवार्नरले फिनड्रिम्सको ब्याट्री प्याक डिजाइन र उत्पादन प्रक्रिया प्रयोग गर्नका लागि बैद्धिक सम्पत्ति अधिकार पनि प्राप्त गर्ने कारन्यूजचाइनाले उल्लेख गरेको छ।
बोर्गवार्नर अमेरिकामा आधारित टियर १ अटोमोटिभ आपूर्तिकर्ता हो। कम्पनी न्यूयोर्क स्टक एक्सचेञ्जमा सूचीबद्ध छ। यसको ग्राहकमा जीएम, फोर्ड र स्टेलेन्टिस छन्। पछिल्लो समय कम्पनी चीनमा पनि सक्रिय छ।
प्रकाशित: ६ फाल्गुन २०८०, आईतवार