Technology Khabar ६ फाल्गुन २०८०, आईतवार
काठमाडौं ।
चिनियाँ वैज्ञानिकहरूले विकास गरेको भूउपग्रह एसडीजीएएटी–१ ले शहरी प्रकाश प्रदूषणको अध्ययन गर्ने भएको छ।
यसले अर्थ साइन्स मार्भल (पृथ्वी विज्ञान चमत्कार) ले शहरहरूमा आधुनिक प्रकाशको प्रभावहरूको विश्लेषण गर्ने कार्य गरिरहेको जनाइएको छ।
चाइनिज एकेडेमी अफ साइन्सेसको एयरोस्पेस इन्फर्मेशन रिसर्च इन्स्टिच्युटले बनाएको सो स्याटेलाइटमा आधारित अनुसन्धान टिमले शहरी क्षेत्रमा राती हुने अत्यधिक प्रकाश प्रदुषणलाई न्यून गर्दै उज्यालो बनाउने तरिकालाई परिवर्तन गर्न सक्ने तरिका प्रदर्शन गरेको छ।
एसडीजीएएटी–१ एक सटीकताका साथ विभिन्न प्रकाश स्रोतहरू पत्ता लगाउन सक्ने क्षमताले सुसज्जित स्याटेलाइट भएको उल्लेख छ। बेइजिङमा केन्द्रित रहेर, वैज्ञानिकहरूले विभिन्न प्रकारका आर्टिफिसियल लाइट एट नाइट (एएलएएन) र स्ट्रिटलाइटस् (सडक बत्तीहरू) पहिचान गर्न ९२ देखि ९५ प्रतिशत सफलता दर प्रदर्शन गरेका छन्। यो हाई–रिजोल्युसन, मल्टिस्पेक्ट्रल एनालाइसिस् एक गेम–चेन्जर भएको र जसले शहरका विभिन्न भागहरूमा प्रकाश प्रदूषण कसरी फरक हुन्छ भन्ने स्पष्ट चित्र प्रदान गरेको उल्लेख गरिएको छ।
यस अध्ययनले समस्याहरू मात्र हाइलाइट नगरेर यसले स्मार्ट अर्बन प्लानिङ्ग (शहरी योजना) को ढोका पनि खोल्ने बताईएको छ।
यसको डाटाले सडक प्रकार र सडक बत्ती प्रविधिहरूमा आधारित प्रकाशमा महत्त्वपूर्ण भिन्नताहरूलाई औंल्याउने छ भने प्रदूषण कम गर्न विचारशील पूर्वाधार विकासको भूमिकालाई जोड दिने उल्लेख छ।
सस्टेनेबल डिभलपमेन्ट (दिगो विकासका) लागि संयुक्त राष्ट्र २०३० एजेन्डालाई समर्थन गर्ने उद्देश्यका साथ प्रक्षेपण गरिएको यो भूउपग्रहले हामीले हाम्रो वातावरणसँग कसरी अन्तरक्रिया गर्छौं भनेर अनुगमन गर्न अमूल्य डाटा प्रदान गर्ने जनाईएको छ।
प्रकाशित: ६ फाल्गुन २०८०, आईतवार