Technology Khabar ५ फाल्गुन २०८०, शनिबार
काठमाडौं ।
भि.जि इम्पेक्स प्रा.लि., नेपालका लागि जि.डब्लु.एमका सवारीसाधनहरु (हाभल, पावर, ओरा) का आधिकारिक आयातकर्ता र वितरकले इलेक्ट्रिफाइङ डिलका साथ आफ्नो इलेक्ट्रिक कार ओरा ०३ इलेक्ट्रिक क्रसओभरको लागि नयाँ बिक्री प्रचार योजना ल्याएको छ।
यस योजना अन्तर्गत, ग्राहकहरूले ओरा ०३ इलेक्ट्रिक क्रसओभरको खरिदमा ५ लाख बराबरको लाभ लिन सक्नेछन् ।
यो योजनाको अवधि माघ २८ देखि फागुन ३० (फेब्रुअरी ११, २०२४ देखि मार्च १३, २०२४) सम्म रहेको छ, जसमा ग्राहकहरूले आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, एक वर्ष सम्मको वृहत बीमा, ७ किलोवाट एसी फास्ट चार्जर र गाडीका एक्सेसरीज प्राप्त गर्न सक्नेछन्।
ओरा ब्रान्ड अन्तरगत ओरा ०३ ईभी सबैभन्दा लोकप्रिय मोडलहरू मध्ये एक हो, जुन जि.डब्लु.एमको इलेक्ट्रिक सवारीसाधनमा पर्दछ। यसको रेट्रो– मोर्डन डिजाइन, राम्रो बिल्ड क्वालिटी र आधुनिक सुविधाहरूले भरिपूर्ण भएका कारण अष्ट्रेलिया, न्यूजिल्याण्ड, इङ्गल्याण्ड, जर्मनी, थाइल्याण्ड, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण अफ्रिका, ब्राजिल, चिली जस्ता देशहरूमा छिटो र धेरै लोकप्रियता पाईरहेकोे कम्पनीको भनाई छ।
कम्पनीकाअनुसार ओरा ०३ लाई १००% इलेक्ट्रिक प्लेटफर्म (लेमोन) मा डिजाइन गरिएको छ र सुरक्षित फिचरहरु भएकाले ओरा ०३ लाई एनक्याप र युरो एनक्याप दुवैबाट फाइभ–स्टार सेफ्टि रेटिङ प्रदान गरिएको छ। दुबै एनक्याप र युरो एनक्याप बाट फाइभ स्टार सेफ्टि रेटिङ पाउने केही इलेकिट्रक सवारी सवारीसाधन मध्येमा ओरा ०३ सावित भएको छ।
जि.डब्लु.एम नेपालले ८ वर्ष वा १५,०००० किमी पावर ब्याट्री (उच्च भोल्टेज ब्याट्री) (जुन पहिले आउँछ), ड्राइभ मोटर ओरा ०३ र,४ वर्ष वा १५,०००० किमी सबै गाडीमा प्रदान गर्ने जनाएको छ।
प्रकाशित: ५ फाल्गुन २०८०, शनिबार