नागरिक लगानी कोषले दुईदिन लगाएर डाटा सेन्टर माइग्रेसन गर्दै

  • Technology Khabar | ४ फाल्गुन २०८०, शुक्रबार
नागरिक लगानी कोषले दुईदिन लगाएर डाटा सेन्टर माइग्रेसन गर्दै

काठमाडौं ।

नागरिक लगानी कोषले डाटा सेन्टर माइग्रेसन गर्नका लागि आफ्नो सेवा शुक्रबार र शनिवार बन्द गर्ने भएको छ।

कोषले सार्वजनिक सूचना जारी गर्दै डाटा सेन्टर माइग्रेसन गर्नुपर्ने भएकोले मिति माघ ४ गते शुक्रबार अपरान्ह २ बजेदेखि  माघ ५ गते शनिबारसम्म सेवा बन्द गर्ने भएको हो।

यसअन्तरगत कोषले सबै सेवाहरु उक्त अवधिसम्म पूर्णरुपमा बन्द हुने जनाएको छ।

कोषको सफ्टवेयर प्रणालीबाट प्रवाह हुने सम्पूर्ण सेवाहरू (आइपिएस कनेक्ट आइपिएस, इसेवा, खल्ती, इसर्भिस पोर्टल, नागरिक एप सिआइटी मोबाइल एप सिग्यासका सेवाहरू समेत) अवरुद्ध हुने जानकारी दिएको छ।

यसबाट सेवाग्राहीलाई पर्न गएको असुविधा प्रति कोषले क्षमा समेत मागेको छ।

प्रकाशित: ४ फाल्गुन २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride hosts road safety orientation program

  • Technology Khabar
  • ४ फाल्गुन २०८०, शुक्रबार