मोबाइल वर्ल्ड कंग्रेसमा शाओमीले कार, ट्याब्लेट र स्मार्टवाच प्रदर्शन गर्ने

Technology Khabar ४ फाल्गुन २०८०, शुक्रबार

काठमाडौं ।

यस वर्षको टेक प्रदर्शनी ‘मोबाइल वर्ल्ड कंग्रेस (एमडब्ल्यूसी) २०२४’ फेब्रुअरीको २६ देखि २९ तारिख सम्म स्पेनको बार्सिलोनामा हुँदैछ।

शाओमीले यसअघि नै आगामी प्रदर्शनीमा आफ्नो उपस्थितिको बारेमा पुष्टि गरिसकेको छ। यसै क्रममा, शाओमीका सीईओ लेई जुनले एमडब्ल्यूसीमा आफ्नो प्रोडक्ट (उत्पादन) हरू घोषणा गर्ने कम्पनीको योजनाको एक टीजर साझा गरेका छन्।

शाओमीका कार्यकारीले साझा गरेको टिजर अनुसार, कम्पनीले आफ्ना प्रोडक्टहरू विश्वव्यापी बजारमा लन्च गर्ने तयारी गरिरहेको छ। त्यस्का साथै

हालैका महिनाहरूमा चीनमा धेरै कार्यक्रमहरूमार्फत शाओमीका नयाँ डिभाइसहरूको घोषणा गरिएको थियो। तर हालको टिजरले आगामी एमडब्ल्यूसीमा आउने डिभाइसहरूको नामको बारेमा स्पष्ट रूपमा खुलासा गरेको छैन्।

यद्यपि, यसले ‘ह्युमन एक्स कार एक्स होम’ स्मार्ट इकोसिस्टम उल्लेख गरेको हुनाले ब्रान्डले यी प्रोडक्ट (उत्पादन) क्याटगोरीहरूमा डिभाइसहरू घोषणा गर्न सक्ने सम्भावना रहेको छ।

त्यसैगरी टिजर ईमेजको आाधारमा हेर्दा यसमा स्मार्टफोन, कार, ट्याब्लेट, स्मार्टवाच र भ्याकुम क्लिनर समावेश रहेका छन्।

शाओमी १४ सिरिज फेब्रुअरी २५ मा डेब्यू हुने पक्का भइसकेको छ। उक्त कार भने शाओमी एसयूभी ७ भएको र जुन गत डिसेम्बरमा घोषणा गरिएको थियो। स्मार्टवाचको सन्दर्भमा भने यो शाओमी वाच २ हुने अपेक्षा गरिएको छ।

ट्याब्लेट र भ्याकुम क्लीनरको विवरणहरु रहस्यमा रहेको छ। यद्यपि उक्त ट्याब्लेट शाओमी प्याड ६ भेरियन्टहरू मध्येको प्रो वा म्याक्स एक हुनसक्ने उल्लेख छ।

तस्विरमा टीज गरिएका डिभाइसहरू कार्यक्रममा देखाइने मात्र नभएर भविष्यमा खरिदका लागि पनि उपलब्ध हुनसक्ने जीएसएमएरिनामा रिपोर्ट गरिएको छ।

प्रकाशित: ४ फाल्गुन २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार