Technology Khabar ३ फाल्गुन २०८०, बिहीबार
काठमाडौं ।
अमेजनका संस्थापक जेफ बेजोसले हालैका दिनहरूमा ४ अर्ब डलरभन्दा बढी मूल्यको कम्पनीका २४ मिलियन शेयर बेचेका छन्।
बीबीसीको रिपोर्टअनुसार फेब्रुअरी ९ मा नियामक फाइलिङमा १२ मिलियन शेयरको पहिलो बिक्रीको घोषणा गरिएको थियो। यसपछि मंगलबार १.२ करोड शेयर बिक्री गर्ने घोषणा गरिएको थियो।
बेजोसले पनि २०२२ मा अमेजनका आफ्ना केही सेयरहरू दान गरेका थिए। यसअघि उनले अन्तिम पटक २०२१ मा अमेजनको शेयर बेचेका थिए।
उनको अमेजन शेयरको बिक्री गत वर्ष करिब ७० प्रतिशतले भाउ बढेपछि आएको प्रतिवेदनमा उल्लेख छ।
कम्पनीले यस महिनाको सुरुमा भनेअनुसार बेजोसले अर्को वर्ष कम्तिमा ५० मिलियन अमेजन शेयरहरू बेच्ने योजना बनाएको छन्।
यूएस सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन (एसईसी) मा फाइलिङका अनुसार अमेजनका कार्यकारी अध्यक्ष तथा अर्बपति संस्थापकसँग पाँच करोडसम्म शेयर बेच्ने ट्रेडिङ्ग योजना रहेको छ।
बिक्री अर्को वर्ष जनवरी २५ मा समाप्त हुने अवधिको लागि “केही सर्तहरूको अधीनमा” हुने फक्स बिजनेस रिपोर्टमा उल्लेख छ।
बेजोस हालै ६० वर्ष पुगेका छन्। उनीसँग अमेजनको करिब एक अर्ब सेयर छ। एसईसी फाइलिङका अनुसार, सात अन्य भित्री अमेजन शेयरधनीहरूले अमेजन शेयरहरू बेच्न ट्रेड गर्ने योजना बनाएका छन्।
प्रकाशित: ३ फाल्गुन २०८०, बिहीबार