Technology Khabar २ फाल्गुन २०८०, बुधबार
काठमाडौं ।
बज्र ग्रुपको अटोमोबाइलअन्तर्गत इ भी नेपाल मोटर्स प्रालिले भ्यालेन्टाइन स्किम लागु गरेको छ। जसमा वुलिंग कार किन्दा सुनको हार र लेभ्निंग स्कुटर किन्दा ग्राहकले हिराको औंठी उपहार पाउनेछन्।
यो स्किम निश्चित समयको लागि लागु गरिएको कम्पनीले जनाएको छ।
इलेक्ट्रिक भेहिकल वुलिंग गाडी २०० कि मि र ३०० किमी रेन्जमा उपलब्ध छ भने गाडीमा ८ बर्षको वारेन्टी पाउन सक्नु हुनेछ साथै फाइनान्स र एक्सचेन्जको सुबिधा पनि उपलब्ध रहेको छ, स्कुटर किन्न नेपाल भरिको मुख्य मुख्य सहर मा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ।
लेभ्निंग स्कुटर १२ ओटा फरक मोडेलमा उपलब्ध छ। लेभ्लिंग इ स्कुटरको मूल्य १ लाख १५ हजार देखि सुरु हुन्छ भने स्कुटरमा २ बर्षको वारेन्टीका साथै फाइनान्स र एक्सचेन्ज पनि उपलब्ध छ।
प्रकाशित: २ फाल्गुन २०८०, बुधबार