ठूलो डटकमले सार्वजनिक गर्यो नयाँ अफर, बिजनेस इमेलदेखि क्लाउड होस्टिङसम्मका सेवा

Technology Khabar २ फाल्गुन २०८०, बुधबार

काठमाडौं ।

यस बर्षको क्यान इन्फोटेक माघ २५ देखि माघ २९ सम्म आयोजना भएको थियो, जसमा ठूलो डटकमले विभिन्न अफरहरु लिएर आएको थियो।

कम्पनीले बिजनेस डिजीटाईजेसनको लागि बिजनेस इमेल रु १००/- प्रति महिनाबाट, ई-कमर्स वेबसाइट रु ९,९९९/- मा, वेबसाइट डिजाइन रु २,९९९/- मा, क्लाउड होस्टिङ रु २४९/- बाट  र  बिजनेस होस्टिङ (Business Hosting) रु ४९९/- बाट शुरु हुने गरि अफर ल्याएको जनाएको छ।

साथै ठूलो डटकमले वर्कप्लेस नामक क्लाउड सफ्टवेर पनि सार्वजनिक गरेको थियो जसमा सूक्ष्म देखि ठुलो व्यवसायले आफ्नो मार्केटिंग, सेल्स, ग्राहक सेवा, व्यवसाय संचालन, वेबसाइट, ई-कमर्स, मानव संसाधन, एकाउन्टिङ्ग, प्रशासन र रिपोर्टिङ सम्बन्धित क्रियाकलाप सजिलै गर्न सकिने उल्लेख छ।

यति  विस्तृत कार्यहरु गर्न मिल्ने क्लाउड सफ्टवेर नेपालमा पहिलो पटक बनेको हो र येसलाई प्रयोग गर्ने  व्यवसायहरुलाई बिशेसगरी डाटा व्यवस्थापन र छिटो तथा प्रभावकारी निर्णयहरु लिन यस क्लाउड सफ्टवेरले सहज बनाउँछ।

साथै पर्यटन व्यवसायीहरुका लागि पनि कम्पनीले बूकिंग इन्जिन सहितको वेबसाइट सुबिधा दिदै आएको र क्यान इन्फोटेकमा आफ्नो सम्पूर्ण सेवाहरुमा दिएको २०% छुट अझै लागु रहेको जनाएको छ।

प्रकाशित: २ फाल्गुन २०८०, बुधबार

तपाइको प्रतिक्रिया