Technology Khabar १ फाल्गुन २०८०, मंगलवार
काठमाडौं ।
युरोपेली देश रोमानियाले सामसङलाई कीर्तिमानी १२३ मिलियन रोमानियाली लियु जरिवाना गरेको छ। रोमानियाली सरकारले कम्पनीलाई बजारमा खुद्रा विक्रेताहरुसँग मिलेर टिभी र ह्यान्डसेटको मूल्यमा साँठगाँठ गरेको आरोप लगाएको छ।
रोमानियाको प्रतिस्पर्धा काउन्सिलले सामसङ इलेक्ट्रोनिक्स रोमानिया र बुल्गेरिया (सेरोम), डान्टे इन्टरनेशनल (ईम्याग), एलटेक्स, र फ्लान्कोलाई स्थानीय बजारमा प्रतिस्पर्धा विरोधी अभ्यासहरूको लागि जरिवाना गरेको हो।
रेकर्ड जरिवाना कुल १२३ मिलियन रोमानियाली रकम पुग्यो।
प्रतिस्पर्धा नियामकले रोमानियामा २०१९ र २०२१ बीचको अवधिमा बिक्रि भएका टिभी सेट र मोबाइल फोनको मूल्यमा चार कम्पनीले मिलेमतो गरेको फेला पारेको हो।
प्रकाशित: १ फाल्गुन २०८०, मंगलवार