इलन मस्कको गेम प्लान ! १० लाख मानिसलाई मंगल ग्रहमा लैजाने योजना

Technology Khabar १ फाल्गुन २०८०, मंगलवार

काठमाडौं ।

टेस्ला, स्पेसएक्स र स्टारलिंक जस्ता कम्पनीका मालिक इलन मस्कको ठूलो सपना छ। उनी मंगल ग्रहमा मानिस पठाउन चाहन्छन्। उनको कम्पनी स्पेसएक्सले लामो समयदेखि विश्वको सबैभन्दा भारी रकेट ‘स्टारशिप’को परीक्षण गरिरहेको छ।

जुन दिन स्टारसिपको प्रक्षेपण सफल हुन्छ, मंगल ग्रहमा मानिस पठाउने बाटो सहज हुन सक्छ। मस्कले मंगल ग्रहको बारेमा धेरै पटक आफ्नो धारणा राखेका छन्। उनले यसपटक सामाजिक संजाल एक्समार्फत १० लाख मानिसलाई मंगल ग्रहमा लैजाने योजना रहेको बताएका छन्।

सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा एउटा पोस्टमा रिप्लाई पोस्ट गर्दै उनले लेखेका छन्, ‘हामी १० लाख मानिसलाई मंगल ग्रहमा ल्याउने गेम प्लान तयार गर्दैछौँ । यसअघि एक एक्स प्रयोगकर्ताले स्टारशिप अहिलेसम्मकै सबैभन्दा ठूलो रकेट हो र यसले मानिसलाई मंगल ग्रहमा लैजान्छ भनेर लेखेका थिए।

मस्कले मंगल ग्रहका सम्बन्धमा अझै धेरै काम गर्न बाँकी रहेको बताए। एक दिन मंगल ग्रहको यात्रा फ्लाइट ट्रिपजस्तै हुने अर्थात् मानिस हवाईजहाज जस्तै यात्रा गर्दै मंगल ग्रहमा पुग्ने उनले बताए।

मस्कले स्पेसएक्सले तीनदेखि चार वर्षमा मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण गराउन सक्ने दाबी गरेका थिए। यसले मंगल ग्रहमा मानिस पठाउने सपना साकार पार्न सक्छ।

केही महिना अघि, मस्कले भविष्यको लन्च प्याडको तस्विर पनि साझा गरेका थिए। उनले उक्त प्रक्षेपण प्याड मंगल ग्रहमा रहने बताए। मस्कले मंगल ग्रहको सतहमा रकेट सफलतापूर्वक अवतरण गर्ने दिनको परिकल्पना गरेका थिए।

प्रकाशित: १ फाल्गुन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया