
काठमाडौं ।
गुगल जेमिनी नयाँ बार्ड हो र जेमिनी मोबाइल एप अब ल्याटिन अमेरिका, अफ्रिका, एशिया प्यासिफिक र क्यानाडा लगायतका धेरै क्षेत्रहरूमा विस्तार गरिँदैछ। यो जानकारी जेमिनी प्रोडक्ट (उत्पादन) प्रमुख ज्याक क्राउजिकद्वारा पुष्टि गरेका हुन् र उनले गुगलले सकेसम्म चाँडो युरोपमा पनि सेवा ल्याउन काम गरिरहेको बताएका छन्।
यदि कोही जेमिनी प्रयोग गर्नका लागि आतुर भएको खण्डमा आफ्नो एन्ड्रोइड डिभाइसमा जेमिनी एप साइडलोड गर्न सकिने उल्लेख गरिएको छ। गुगल असिस्टेन्ट ल्याङ्गवेजलाई यूएस इङ्गलिस (अमेरिकी अंग्रेजी) मा सेट गरेर युरोपमा पनि जेमिनीले काम गर्ने बताईएको छ।
साथै एक पटक जेमिनी इन्स्टल र सेटअप गरिसकेपछि यसले तपाईंको गुगल असिस्टेन्टलाई प्रतिस्थापन गर्नेछ।
त्यसैगरी यसमा चाखलाग्दो कुरा के रहेको छ भने, गुगल असिस्टेन्टमा अवस्थित अलार्म र रिमाइन्डरहरू सेट गर्ने र परिमार्जन गर्ने, एपहरू लन्चिङ गर्ने र स्मार्ट होम डिभाइस कन्ट्रोल्स (नियन्त्रणहरू) टगल गर्ने जस्ता केही आधारभूत कार्यहरू जेमिनीले गर्न नसक्ने उल्लेख गरिएको छ।
त्यसैगरी जेमिनी एक प्रोग्रेसमा रहेको कार्य भएको र गुगलले यस अघि नै यो थप फिचर्स (सुविधाहरू) ल्याउन र बगहरू बाहिर निकाल्नका लागि गरिरहेको जीएसएमएरिनाको रिपोर्टमा उल्लेख छ।
प्रकाशित: १ फाल्गुन २०८०, मंगलवार