
काठमाडौं ।
नासाले डिस स्पेस (अन्तरिक्षको गहिराइ)बाट रेडियो र लेजर सिग्नल (सन्देश) प्राप्त गरिरहेको छ।
पछिल्ला केही महिनाहरूमा, अमेरिकी अन्तरिक्ष एजेन्सीले नयाँ सञ्चार प्रणालीको परीक्षण गर्न आफ्नो साइकी स्पेसक्राफ्ट प्रयोग गरिरहेको छ।
प्रोबको मुख्य उद्देश्यक सोही नाम भएको एस्ट्रोरोइड (क्षुद्रग्रह)को भ्रमण गर्नु हो। तर यस बीचमा पृथ्वीमा लेजर मेसेज पठाउँदै आएको छ।
यो डीप स्पेस अप्टिकल कम्युनिकेसन्स मार्फत भइरहेको छ, जुन नजिकको इन्फ्रारेड लेजरले पृथ्वीमा सन्देशहरू पठाउँछ।
यो नोभेम्बरमा पहिलो पटक परीक्षण गरिएको थियो जब १० मिलियन माईल टाढाबाट लेजर सिग्नल पत्ता लगाइएको थियो।
रेडियाको तुलनामा डीएसओसीका फाइदा भनेको राम्रो ब्यान्डविथ गतिमा डाटा तीब्र रुपमा प्राप्त गर्न सकिन्छ।
तर केही प्राविधिक चुनौतिहरूको कारण, नासाका अनुसन्धानकर्ताहरूले रेडियो र लेजरको संयोजनलाई उत्तम विकल्पको रूपमा विचार गरिरहेका यूनिलाडले उल्लेख गरेको छ।
पछिल्लो परीक्षणले ३२ मिलियन किलोमिटरबाट अघिल्लो परीक्षणको तुलनामा दुई गुणा डाटा प्राप्त गरेको छ।
जनवरी १ मा, उनीहरुले १५.६३ मेगाबिट प्रति सेकेन्डको दरमा साइकी टोलीको तस्वीर डाउनलोड गरे। जुन स्ट्यान्डर्ड रेडियो फ्रिक्वेन्सी भन्दा ४० गुणा छिटो हो।
एक विज्ञप्तिमा, जेट प्रोपल्सन प्रयोगशालामा नासाको डीप स्पेस नेटवर्क डेपुटी म्यानेजर एमी स्मिथले भनेः “हाम्रो हाइब्रिड एन्टेनाले प्राविधिक डेमो सुरु भएको केही समय पछि डीएसओसी डाउनलिंकलाई सफलतापूर्वक र भरपर्दो रूपमा लक गर्न र ट्र्याक गर्न सक्षम भएको छ। यसले साइकीको रेडियो फ्रिक्वेन्सी सिग्नल पनि प्राप्त ग¥यो, त्यसैले हामीले पहिलो पटक सिंक्रोनस रेडियो र अप्टिकल फ्रिक्वेन्सी गहिरो अन्तरिक्ष संचार प्रदर्शन गरेका छौं।’’
अवस्थित एन्टेनामा सात हेक्सागोनल मिरर बनेको एउटा सानो डिभाइस जडान गरिएको थियो।
जेपीएलमा हाइब्रिड एन्टेनाका लागि सञ्चार ग्राउन्ड सिस्टम डेपुटी म्यानेजर र डेलिभरी म्यानेजर बर्जिया तेहरानीले भने, “यो ३४ मिटरको लचिलो संरचनामा निर्मित उच्च-सहिष्णु अप्टिकल प्रणाली हो।’’
“हामी सक्रिय रूपमा लेजरलाई गहिरो अन्तरिक्षबाट डिटेक्टरमा पुग्ने फाइबरमा संकलन र निर्देशित गर्नका लागि मिररहरू, सटीक सेन्सरहरू, र क्यामराहरूको सिस्टम प्रयोग गर्छौं।’’
साइकीले पृथ्वीबाट सूर्याको दुरी साढे २ गुणा हुँदा पनि ट्याक गर्न सक्षम हुने आशा गरिएको छ।
“दशकौंदेखि, हामीले विश्वभरि अवस्थित डीएसएनको विशाल एन्टेनाहरूमा नयाँ रेडियो फ्रिक्वेन्सीहरू थप्दै आएका छौं, त्यसैले सबैभन्दा सम्भावित अर्को चरण भनेको अप्टिकल फ्रिक्वेन्सीहरू समावेश गर्नु हो,’’ तेहरानीले भने।
“हामीसँग एकै समयमा दुईवटा काम गर्ने एउटा सम्पत्ति हुन सक्छ; हाम्रा सञ्चार सडकहरूलाई राजमार्गमा रूपान्तरण गर्न र समय, पैसा र स्रोतहरू बचत गर्न सकिन्छ।’’
प्रकाशित: २९ माघ २०८०, सोमबार