नासामा बजेट कटौतीको असर, जेट प्रोपल्सन प्रयोगशालाले ५३० कर्मचारीहरूलाई हटाउने

  • Technology Khabar | २८ माघ २०८०, आईतवार
नासामा बजेट कटौतीको असर, जेट प्रोपल्सन प्रयोगशालाले ५३० कर्मचारीहरूलाई हटाउने

काठमाडौं ।

नासाको जेट प्रोपल्सन ल्याबोरेटरी (नासा जेपीएल) ले ५३० कर्मचारी अर्थात् करिब ८ प्रतिशतलाई हटाउने घोषणा गरेको छ। आर्थिक वर्ष २०२४ को बजेटबारे जारी रहेको अनिश्चितता र बजेट कटौतीलाई यसका कारण मानिएको छ।

मंगल ग्रह नमूना फिर्ता (एमएसआर) को लागि खर्च कटौती र लागत घटाउने प्रयासका कारण करिब ५३० कर्मचारी र ४० ठेकेदारहरूलाई हटाइने एक विज्ञप्तिमा भनिएको छ।

नासाले सन् २०३० सम्ममा मंगल ग्रहबाट ती नमूनाहरू पृथ्वीमा ल्याउने योजना बनाएको छ, जुन अहिले रातो ग्रहमा सङ्कलन भइरहेको छ। नासा जेपीएलले नासाबाट कम बजेट आएको र आगामी बजेटबारे अनिश्चितता भएकाले कामबाट निकाल्ने कठिन निर्णय लिनुपरेको बताएको छ।

नासा जेपीएलले गत महिना मात्रै १०० ठेकेदारलाई बर्खास्त गरेको थियो। तिनीहरूमध्ये धेरै मार्स नमूना फिर्ता (एमएसआर) योजनामा काम गर्दै थिए। जेपीएल निर्देशक लौरी लेशिनले गत महिना एक अन्तर्वार्तामा भनेकी थिइन् कि उनले कर्मचारीहरूलाई हटाईने सम्भावनाको बारेमा अग्रिम जानकारी गराएकी थिइन्।

फेब्रुअरी ६ मा जेपीएल कर्मचारीहरूलाई दिइएको मेमोमा, नयाँ भर्तीमा प्रतिबन्ध र मार्स नमूना रिटर्न (एमएसआर) मा कटौती जस्ता उपायहरूपछि अब जबरजस्ती हटाउन बाध्य भएको लेशिनले बताएकी छन्। उनले जो कर्मचारीले काम गरिरहेका छन तिनीहरुले पनि घरबाटै काम गर्ने, र कुनै तनावमा नआउने बताईन्।

भर्खरै, लेसिनले कर्मचारीहरूलाई एमएसआर मिशन यस वर्ष ३०० मिलियन डलरको बजेटमा सीमित गर्न सक्ने बताएकी थिईन।

हाल अमेरिकी अन्तरिक्ष एजेन्सीले आफ्ना धेरै मिसनहरूको बजेट कटौती गरेको छ। सरकारबाट कम बजेट स्वीकृत भएपछि प्राधिकरण यस्तो कदम चाल्न बाध्य भएको हो।

प्रकाशित: २८ माघ २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार