टीएसएमसी र टोयोटाले जापानमा नयाँ सेमिकन्डक्टर प्लान्टको लागि ४५.२६ बिलियन डलर लगानी गर्ने

  • Technology Khabar | २८ माघ २०८०, आईतवार
टीएसएमसी र टोयोटाले जापानमा नयाँ सेमिकन्डक्टर प्लान्टको लागि ४५.२६ बिलियन डलर लगानी गर्ने

काठमाडौं ।

ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) ले जापानमा दोस्रो सेमीकन्डक्टर प्लान्ट निर्माण गर्ने घोषणा गरेको छ।

यसमा टोयोटा मोटर कर्प नयाँ लगानीकर्ताको रूपमा बोर्डमा आउँदा, विश्वव्यापी चिप उत्पादनको परिदृश्यमा महत्त्वपूर्ण परिवर्तन हुने अनुमान गरिएको छ।

सन् २०२७ सम्ममा कारखाना सञ्चालनमा आउने

विश्वव्यापी रूपमा अग्रणी कन्ट्र्याक्ट (अनुबंध) चिप निर्माताको रूपमा मान्यता प्राप्त टीएसएमसीले कुमामोटो प्रिफेक्चर, जापानमा आफ्नो उपस्थिति विस्तार गर्दैछ। यो पहल एक रणनीतिक कदम हुनुका साथै जापानी प्रधानमन्त्री फुमियो किशिदाको जापानको सेमीकन्डक्टर उत्पादन क्षमताहरू बढाउने दृष्टिकोणसँग पङ्क्तिबद्ध भएको उल्लेख गरिएको छ।

टीएसएमसी र टोयोटा बीचको सहकार्य महत्वपूर्ण भएको जनाइएको छ। साथै यसले सवारी साधनदेखि स्मार्टफोनसम्मका प्रविधिहरूको विस्तृत दायराको लागि महत्वपूर्ण कम्पोनेन्टको रुपमा रहेको सेमीकन्डक्टर आपूर्ति श्रृंखलालाई सुदृढ पार्नेछ।

नयाँ फ्यासिलिटीको लागि भनेर ५.२६ बिलियन अमेरिकी डलरमा सीमित गरिएको लगानीले नयाँ साइटमा ६ र ७ नानोमिटर प्रक्रिया प्रविधिहरू थप्दै सेमीकन्डक्टर प्रविधि विकासको महत्त्वलाई जोड दिनेछ।

यो परियोजना यस वर्षको अन्तदेखि निर्माण सुरु गरिने र सन् २०२७ देखि सञ्चालनमा आउने तालिका रहेको छ। त्यसका साथै मासिक एक लाख युनिट १२ इन्च वेफरहरू उत्पादन गर्ने र ३,४०० भन्दा बढी हाई–टेक रोजगारहरू सिर्जना गर्ने बताईएको छ।

प्रकाशित: २८ माघ २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...