‘विद्युतीय कारोबार कसुर’मा पक्राउ परेका दुई जना पत्रकारको रिहाइको माग

  • Technology Khabar | २७ माघ २०८०, शनिबार
‘विद्युतीय कारोबार कसुर’मा पक्राउ परेका दुई जना पत्रकारको रिहाइको माग
सांकेतिक तस्विर

काठमाडौं ।

कञ्चनपुरका पक्राउ परेका दुई जना पत्रकारको रिहाइको माग गरिएको छ। नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाले आज प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारद्वय ऐश्वर्या कुँवर र पुष्कर भट्टको रिहाइको माग गरेको हो।

उनीहरु विरुद्ध प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को दुरुपयोग गरी ‘विद्युतीय कारोबार कसुर’अन्तर्गत मुद्दा चलाई पक्राउ गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको महासङ्घ शाखा कञ्चनपुरका सचिव राजेन्द्रप्रसाद अबस्थीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सुदूरपश्चिम प्रदेशसभा सदस्य ओमविक्रम भाटले पनि प्रहरी हिरासतमा राखिएका दुवै जना पत्रकारलाई थुनामुक्त गर्न माग गरे।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले व्यक्तिगत फेसबुक पेज तथा म्यासेन्जरलगायत सामाजिक सञ्जालमा व्यक्तिगत चरित्रहत्या गरेको भन्ने विषयमा परिवर्तित नाम थर कञ्चनपुर ७५ (५०) बाट विद्युतीय कारोबारसम्बन्धी शीर्षकमा जाहेरी दर्ता भएकाले दुवै जनालाई अदालतको अनुमतिअनुसार आज पक्राउ गरिएको जनाएको छ।

प्रहरीले कुँवरलाई सुकासाल र भट्टलाई गड्डाचौकीबाट आज पक्राउ गरेको जनाएको छ। रासस

प्रकाशित: २७ माघ २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...