Technology Khabar २६ माघ २०८०, शुक्रबार
काठमाडौं ।
नेपाल डिजिटल वालेट मार्फत हुने भुक्तानी घटेको देखिएको छ। नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको २०८० पुसको मासिक भुक्तानी प्रणाली सूचकमा डिजिटल वालेट मार्फत हुने भुक्तानी थोरैले घटेको देखिएको छ।
२०८० पुसमा डिजिटल वालेट मार्फत २३ अर्ब ८ करोड ४० लाख रुपैयाँ भुक्तानी भएको छ। मंसिरमा डिजिट भुक्तानी मार्फत २३ अर्ब १८ करोड १० लाख रुपैयाँ भुक्तानी भएको थियो। मंसिरको तुलनामा पुसमा डिजिटल वालेट मार्फत हुने भुक्तानी ९ करोड ७० लाख रुपैयाँ अर्थात ०.४१८ प्रतिशतले घटेको छ।
पुससम्म डिजिटल वालेट प्रयोग गर्ने २ करोड १२ लाख २८ हजार ५२९ पुगेका छन्। मंसिरमा डिजिट वालेट प्रयोगकर्ता २ करोड ८ लाख २७ हजार ९९४ रहेका थिए।
भुक्तानी रकम घटेसँगै पुसमा डिजिट वालेट मार्फत हुने कारोबार संख्या पनि घटेको छ।
मंसिरमा डिजिट वालेट मार्फत २ करोड २६ लाख ८३ हजार ४० पटक कारोबार भएको थियो। भने पुसमा २ करोड १३ लाख ८८ हजार ३६८ पटक कारोबार भएको छ।
प्रकाशित: २६ माघ २०८०, शुक्रबार