भारतमा सेमीकन्डक्टर प्लान्ट स्थापनाका लागि ४ प्रस्ताव प्राप्त, भारु ७६,००० करोड स्वीकृत

Technology Khabar २६ माघ २०८०, शुक्रबार

भारतमा सेमीकन्डक्टर प्लान्ट स्थापनाका लागि ४ प्रस्ताव प्राप्त, भारु ७६,००० करोड स्वीकृत
सांकेतिक तस्बिर

काठमाडौं ।

भारत सरकारले सेमिकण्डक्टर (अर्धचालक) उत्पादन इकाई प्लान्टहरूका लागि चार प्रस्तावहरू र चिप एसेम्बली इकाईहरूको लागि १३ प्रस्तावहरू प्राप्त गरेको छ।

चार वैश्विक अर्धचालक कम्पनीहरूको योजना

पीटीआईको रिपोर्टका अनुसार चार ग्लोबल सेमीकन्डक्टर कम्पनीहरूले भारतमा फ्याबहरू स्थापना गर्न केन्द्रसँग वार्ता गरिरहेका छन्।

इलेक्ट्रोनिक्स र आईटी राज्यमन्त्री राजीव चन्द्रशेखरले हालै भारतीय लोकसभामा लिखित जवाफमा भने कि यी प्रस्तावहरू अमेरिकी मेमोरी चिप निर्माता माइक्रोनले स्थापना गरिरहेको भारु २२,५१६ करोड चिप एसेम्बली प्लान्टको अतिरिक्त हो।

सेमीकन्डक्टर फ्याब्स स्थापनाका लागि ४ वटा प्रस्ताव आएको र कम्पाउण्ड सेमीकण्डक्टर फ्याब र एटिएमपीएस (एसेम्बली, टेस्टिङ मार्किङ एण्ड प्याकेजिङ) सुविधाका लागि थप १३ प्रस्ताव प्राप्त भएको मन्त्रीले बताएका छन्।

भारु ७६,००० करोडको स्वीकृति

भारतीय इलेक्ट्रोनिक्स र आईटी राज्यमन्त्री राजीव चन्द्रशेखरले जानकारी दिँदै सरकारले देशमा अर्धचालक र प्रदर्शन उत्पादन इकोसिस्टमको विकासको लागि ७६,००० करोड भारतीय रुपैयाँको कुल परिव्ययको साथ सेमिकन इन्डिया कार्यक्रमलाई स्वीकृत गरेको बताए। यसका साथै सेमीकन्डक्टर, डिस्प्ले उत्पादन र डिजाइन इकोसिस्टममा लगानी गर्ने कम्पनीलाई आर्थिक सहयोग उपलब्ध गराउने यस सरकारी कार्यक्रमको उद्देश्य रहेको मन्त्रीले बताए।

भारत सरकारको यो नयाँ कदमपछि देशमा सेमीकन्डक्टर चिप, डिस्प्ले निर्माण र डिजाइनको इकोसिस्टममा कति लगानी हुन्छ र स्मार्टफोन उद्योगजस्ता भारतीय प्रविधि बजारमा त्यसको प्रभाव कति पर्छ त्यो हेर्नुपर्ने छ। र त्यसले स्मार्ट टिभी, ट्याब्लेट, ल्यापटप आदिमा कति परिवर्तन हुन्छ ?

एक अनुमानका अनुसार ग्याजेटमा प्रयोग हुने यी सबै पार्टपुर्जाहरू भारतमा उत्पादन हुने हो भने त्यसको प्रत्यक्ष फाइदा भारतीय ग्राहकलाई हुन सक्छ, किनभने त्यसो भए कम्पनीहरूको ग्याजेट बनाउनको लागत घट्छ जसका कारण अन्तिम उत्पादन मूल्या घटाउन सकिने रिपोर्टमा उल्लेख छ।

प्रकाशित: २६ माघ २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया