गुगल पिक्सेल फोल्ड २ मा टेन्सर जी४ चिपसेट समावेश गरिने, अक्टोबरमा लन्च हुने सम्भावना

Technology Khabar २६ माघ २०८०, शुक्रबार

काठमाडौं ।

गुगलको अर्को पिक्सेल फोल्ड स्मार्टफोन अब टेन्सर जी३ चिपसेटलाई छोडेर टेन्सर जी४ चिपसेटमा जाने चर्चा बाहिरिएको छ। आगामी अक्टोबरमा लन्च गरिने पिक्सेल ९ र पिक्सेल ९ प्रो मा टेन्सर जी४ चिपसेट समावेश गरिने अपेक्षा गरिएको छ।

यसका साथै फोल्डेबलमा पनि सोही चिपसेटलाई राखिने अनुमान गरिएको छ।

गत वर्ष गुगल आई/ओ मा मूल पिक्सेल फोल्डलाई प्रस्तुत गरिएको थियो भने उक्त सम्मेलन यस वर्ष पनि मे महिनामा हुने जनाइएको छ।

यस्तै गुगलले पिक्सेल फोल्ड २ लाई १६ जीबी र्यामको साथ परीक्षण गरिरहेको र उक्त र्याम हालसम्म उपलब्ध भएका पिक्सेलहरुको तुलनामा सबैभन्दा बढी भएको उल्लेख गरिएको छ। साथै यसमा युएफएस ४.० स्टोरेज पनि रहनेछ, जुन ओजीमा युएफएस ३.१ स्टोरेजबाट एक चरण माथि हो ।

यसअघि नै पिक्सेल ९ र पिक्सेल ९ प्रो को सम्बन्धमा धेरै लीकहरु देखा परिसकेका छन् तर पिक्सेल फोल्डको बारेमा भने अहिलेसम्म कुनै पनि विवरण बाहिर आएको छैन्।

प्रकाशित: २६ माघ २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया