विद्युतीय सुशासन आयोग गठनका लागि छुट्टै विधेयक ल्याउँदै सरकार

Technology Khabar २५ माघ २०८०, बिहीबार

काठमाडौं ।

सरकारले विद्युतीय सुशासन आयोगका लागि विद्येयक ल्याउने भएको छ।

मन्त्रिपरिषद्को आजको बैठकले विद्युतीय सुशासन आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ भने गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण (पहिलो संशोधन) निर्देशिका २०८०, स्वीकृत गरेकोसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन्।

बैठकले केन्द्रीय धनादेश र टिकट व्यवस्थापन तथा ‘फिलाटेलिक’ कार्यालय खारेज गरेको छ। ‘एक पालिका एक हुलाक’ कायम गर्ने, हुलाकको सङ्गठन संरचना परिवर्तन गर्ने र एक हजार छ सय ३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको छ।

बैठकले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयार विकास समिति गठन आदेश २०८० बमोजिम अध्यक्ष पदमा महोत्तरी निवासी डा परशुराम मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहनुभएकी मन्त्री शर्माले सञ्चारकर्मीहरूलाई बताईन्।

प्रकाशित: २५ माघ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया