Technology Khabar २५ माघ २०८०, बिहीबार
काठमाडौं ।
समृद्धि फाइनान्स कम्पनी लिमिटेडले माघ २५ गते प्राउड नेपाल आई टि सप्लायर्स प्रालिसँंग समझदारी गरेको छ। उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरुले २०८० माघ २६ गतेदेखि २०८१ माघ २५ गतेसम्म समृद्धि मोबाइल बैकिङ्ग, डेविट कार्ड तथा क्यूआर प्रयोग गरी उक्त सप्लायर्समा नयाँ कम्प्युटर, ल्यापटप तथा अन्य आई टि सम्बन्धित वस्तु खरिद गर्दा तथा मर्मतसंम्भार गर्दा भारी छुट पाउने छन्।
सो समझदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट उप प्रमुख कार्यकारी अधिकृत गोकण प्रसाद दुवाडी र प्राउड नेपाल आई टि सप्लायसका तर्फबाट संस्थापक श्याम रेग्मीले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ।
फाइनान्सकाअनुसार सम्पुर्ण ग्राहकहरुले प्राउड नेपाल आई टि सप्लायर्समा मर्मत संम्भारमा १५ प्रतिशत र कुनै पनि ब्रान्डका नयाँ कम्पुटर, ल्यापटप तथा अन्य आई टि सम्बन्धित वस्तु खरिद गर्दा १ प्रतिशत छुट प्राप्त गर्नेछन्।
समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ ओटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबिट कार्ड, क्यूआर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको जनाएको छ।
प्रकाशित: २५ माघ २०८०, बिहीबार