२९औं क्यान इन्फोटेक २०२४ राजधानीमा सुरु (फोटो फिचर)

  • Technology Khabar | २५ माघ २०८०, बिहीबार
२९औं क्यान इन्फोटेक २०२४ राजधानीमा सुरु (फोटो फिचर)

काठमाडौं ।

कम्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आयोजना गरेको २९औँ क्यान इन्फोटेक राजधानीमा सुरु भएको छ।

काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा बिहीबारदेखि सुरु भएको पाँच दिनको सूचना तथा प्रविधिसम्बन्धी प्रदर्शनी माघ २९ गते समापन हुनेछ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राजधानीको प्रदर्शनी मार्गस्थित सिटी हलमा २९ औं क्यान इन्फोटेक २०२४ को उद्घाटन गरेकी हुन्।

पाँच दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा सूचना तथा प्रविधिका क्षेत्रमा काम गर्ने कम्पनीहरुका १५० ओटा स्टल रहेको आयोजकले जानकारी दिएका छन्।

उक्त प्रदर्शनीमा करिब साढे तीन लाखले भ्रमण गर्ने आयोजकको विश्वास छ।

२९ औं क्यान इन्फोटेक २०२४ को सिटी हलमा भएको उद्घाटन कार्यक्रमका साथै भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा रहेका सूचना तथा प्रविधि सम्बधित स्टलहरुको तस्विर:

तस्विरहरु: प्रतिक राना

प्रकाशित: २५ माघ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...