Technology Khabar २५ माघ २०८०, बिहीबार
काठमाडौं ।
स्ट्रिमिङ प्लेटफर्म स्पोटीफाईको सक्रिय प्रयोगकर्ता ६० करोड पुगेको छ। पछिल्लो तीन महिनामा स्पोटीफाईले आफ्ना मासिक सक्रिय प्रयोगकर्ता २ करोड ८० लाखले बढेको र कम्पनीको हालसम्मको उच्च ६० करोड सक्रिय प्रयोगकर्ता पुगेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रयोगकर्ता बढेसँगै कम्पनीको राजश्वमा वृद्धि देखिएको छ। २०२३ मा कम्पनीले ३.७ बिलियन युरो राजश्व संकलन गरेको छ, यो अघिल्लो वर्ष २०२२ को तुलनामा १६ प्रतिशत बढी हो। कम्पनीको सञ्चालन आम्दानी ७५ मिलियन युरो घाटामा छ। तर कम्पनीको विज्ञापन राजश्व हालसम्म उच्च ५०१ मिलियन युरो पुगेको छ।
६०२ मिलियन सक्रिय प्रयोगकर्तामा २३६ मिलियन प्रिमियम सब्सक्राइबर (सदस्य) छन्। कम्पनीको निःशुल्क सेवामा विज्ञापनका साथै अफलाइन सुन्नका लागि कुनै शफल र म्यूजिक डाउनलोड गर्ने जस्ता फिचर छैन। २०२२ मा कम्पनीको भुक्तानी गर्ने प्रयोगकर्ता २०५ मिलियन थियो। एक वर्षको अवधिमा यस्ता प्रयोगकर्ता १५ प्रतिशतले बढेका छन्।
वित्तीय विवरणमा स्पोटीफाईले सबै क्षेत्रमा वृद्धि जारी राखेको र ल्याटिन अमेरिका कम्पनीका लागि उत्कृष्ट रहेको देखिन्छ।
आन्तरिक डाटाका अनुसार २२५ मिलियन प्रयोगकर्ताले स्पोटीफाइ र्याप्ट प्रयोग गरेका छन्। यो वर्षको अन्त्यमा एक अभियान हो जसले प्रत्येक प्रयोगकर्ताको सुन्ने बानीहरुको व्यक्तिगत सारांश प्रदान गर्दछ। अमेरिकामा सबै भुक्तानी गर्ने ग्राहकहरुले अब प्रति महिना १५ घण्टासम्म पहुँचका साथ २ लाख अडियो बुकबाट छनोट गर्न सक्षम छन्।
प्रकाशित: २५ माघ २०८०, बिहीबार