
काठमाडौं ।
भर्खर सार्वजनिक भएको सामसङ ग्यालेक्सी एस२४ सिरिजले सुरुवाती चरणमा सुखद बिक्री प्राप्त गरिरहेको छ। नयाँ डिभाइसले दक्षिण कोरिया, भारत र नेदरल्याण्ड्समा प्रि–अर्डर रेकर्ड तोकेको छ। यसबाट उत्साहित हुँदै सामसङ यस वर्षको मध्यका लागि आफ्नो एस२४ सिरिजका लागि ढुवानी लक्ष्य १३ मिलियन यूनिटसम्म बढाएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
यस अघि सामसङ २०२४ मा १२ मिलयन यूनिट एस२४ सिरिज बिक्री गर्ने लक्ष्य राखेको थियो। दक्षिण कोरिया, भारत लगायत देशहरुका उपभोक्ताले सुरुवाती चरणमा सामसङ एस२४ सिरिजमा अधिक चासो देखाउँदा कम्पनीले ढुवानी लक्ष्य बढाएको हो।
सामसङ एस२४ सिरिज माघ १२ गते नेपालमा पनि सार्वजनिक भइसकेको छ।
ग्यालेक्सी एस२४ सिरिजले नेटिभ कल एप भित्र वास्तविक समय, दुई–तर्फी कल अनुवादहरूमै प्रत्यक्ष अनुवाद सुविधा प्रदान गर्दछ। यस सुविधाले, अर्को व्यक्तिले जुनसुकै फोन प्रयोग गरे पनि, आफ्नो प्रयोगकर्ताको लागि १३ भाषाहरूमा अडियो र टेक्स्ट अनुवादहरूलाई समर्थन गर्दछ।
ग्यालेक्सी एस२४ अल्ट्राको नयाँ प्रोभिजुअल इन्जिनद्वारा सञ्चालित एआई उपकरणहरूको फराकिलो सुइटको साथ प्रयोगकर्ताहरुको सिर्जनात्मक स्वतन्त्रतालाई अधिकतम बनाउँछ।
ग्यालेक्सी एस२४ सिरिजको साथमा प्रयोगकर्ताहरुले आफ्नो मनपर्ने सोशल मिडिया एपहरुमा ग्यलेक्सीको नेटिभ क्यामरा अनुभवको फाइदा लिनसक्ने बताईएको छ।
प्रयोगकर्ताहरूले एकै समयमा अगाडि र पछाडि क्यामराहरू प्रयोग गरी ४के भ्लगहरू सिर्जना गर्न डुअल रेकर्डिङ प्रयोग गर्न सक्नेछन्।
ग्यालेक्सी एस२४ सिरिजमा ग्यालेक्सीको लागि क्वाल्कम स्न्यापड्रागन ८ जेन ३मोबाइल प्लेटफर्म र सामसङको एक्सीनोस २४०० सँग सुसज्जित छ।
ग्यालेक्सी एस२४ अल्ट्रा डिजाइनले ग्यालेक्सी स्मार्टफोनमा पहिलो पटक अतुलनीय प्रिमियम अनुभूति र परिष्कृत स्थायित्वका लागि टाइटेनियमको प्रयोग गरेको छ। अहिलेसम्मको सबैभन्दा पातलो मोडल, डिभाइसमा एस पेन ९क् एभल० सँग मिल्दो फ्ल्याट फ्रन्ट एज डिस्प्ले र बेजेलहरू सहितको थप जीवन्त र टिकाउ स्क्रिन रहेको छ।
प्रयोगकर्ताहरूलाई अझ लामो समयसम्म आफ्ना ग्यालेक्सी उपकरणहरूको अनुकूलित कार्यसम्पादनलाई विश्वसनीय रूपमा अनुभव गर्न मद्दत गर्न सात जेनेरेसनका ओएस अपग्रेडहरू र सात वर्षको सुरक्षा अपडेटहरू प्रदान गर्दछ।
ग्यालेक्सी एस२४ शृङ्खलाका डिभाइसहरू माघ २४ गतेदेखि बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
सामसङकाअनुसार ग्यालेक्सी एस २४ सिरिजको न्यूनतम मूल्य १ लाख १९ हजार ९९९ रुपैयाँदेखि शुरु हुनेछ।
प्रकाशित: २५ माघ २०८०, बिहीबार