भारतीय इलेक्ट्रिक स्कुटर स्टार्टअप रिभर मोबिलिटीमा यामाहाको ४० मिलियन डलर लगानी

Technology Khabar २४ माघ २०८०, बुधबार

काठमाडौं ।

जापानी मोटर कम्पनी यामाहाले भारतको बेंगलुरुमा आधारित इलेक्ट्रिक स्कुटर स्टार्टअप कम्पनी रिभर मोबिलिटीमा ४० मिलियन अमेरिकी डलर लगानी गरेको छ।

रिभर मोबिलिटीले यामाहा मोटर कम्पनीको नेतृत्वमा सिरिज बी फन्डिङका माध्यमबाट लगानी प्राप्त गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ। यस चरणमा अल फूटियाम समूह सहित पहिलाका लगानीकर्ता पनि लगानी थप गरेका छन्। जसमा लोअरकार्बन क्यापिटल, टोयोटा भेन्चर्स र मानभी मोबिलिटी रहेका छन्।

यी सबैलाई मिलाएर आफ्नो स्थापना पछि रिभरले कुल ६८ मिलियन अमेरिकी डलरको लगानी संकलन गरेको छ। यो यस स्मार्टअपका लागि एक महत्वपूर्ण कोसेढुंगा हो।

नयाँ लगानीका साथ रिभर मोबिलिटीले भारत भर डिस्ट्रीब्यूशन, सर्भिस नेटवर्क बढाउने र प्रोडक्ट्सको नयाँ सिरिज लन्च गर्नेका साथ रिसर्च तथा डेभलपमेन्टमा लगानी गर्ने योजना बनाएको छ।

इलेक्ट्रिक स्टार्टअप रिभर मोबिलिटीको पहिलो उत्पादन इन्डी इलेक्ट्रिक स्कुटर रहेको छ। कम्पनीले यस स्कुटर २०२३ अक्टोबरमा लन्च गरेको छ। यस ईभीलाई पूर्ण रुपमा रिभरको बेंगलुरु आर एण्ड डी सुविधामा डिजाइन र विकास गरेको हो।

यस इलेक्ट्रिक स्कुटरको मूल्य १ लाख ३८ लाख भारु (एक्स शोरुम) तोकिएको छ। स्कुटरमा ६.७ किलोवाटको इलेक्ट्रिक मोटर छ। यो मोटरले ८.९ बीएचपी पावरका र २६ एनएम टर्क आउटपुट जेनरेट गर्न सक्षम छ।

४ किलोवाट आवरको ब्याट्री प्याकले सिंगल चार्जमा १२० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ। यसको टप स्पीड ९० किलोमिटर प्रति घण्टा छ।

इन्डी इलेक्ट्रिक स्कुटर स्ट्यान्डर्ड चार्जरबा ५ घण्टामा ८० प्रतिशतसम्म चार्ज हुन्छ। यसमा ५५ लिटरको स्टोरेज स्पेस पनि छ।

प्रकाशित: २४ माघ २०८०, बुधबार

तपाइको प्रतिक्रिया