ओमोडा ई५ विद्युतीय गाडी नेपालमा सार्वजनिक

Technology Khabar २४ माघ २०८०, बुधबार

काठमाडौं ।

विद्युतीय सवारी साधनको माध्यमबाट दिगो विकासमा सहयोग पुर्‍याउने प्रतिबद्धतालाई निरन्तरता दिँदै, एसपिजि अटोमोबाइल्स प्रा.लि.ले ओमोडा ई५ (Omoda E5) गाडी नेपालमा सार्वजनिक गरेको छ।

यसमा ६१ किलोवाटआवरको ऊर्जा क्षमता भएको लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री छ जसले ४३० किलोमिटरको रेन्ज प्रदान गर्दछ।

ओमोडा ई५ गाडी फ्रन्ट-माउन्टेड इलेक्ट्रिक मोटर र ३४० न्युटनमिटर टर्क द्वारा सञ्चालित हुन्छ।

५९,४९,००० रुपैयाँको प्रारम्भिक मूल्यमा सार्वजनिक गरिएको ओमोडा ई५ अत्याधुनिक सुविधाले सुसज्जित रहेको छ। एल.इ.डि. प्रोजेक्टर हेडल्याम्प, १८ इन्च एलोय ह्विल, कालो, नीलो र सेतो टोनको छालाको सिट र २४.६ इन्चको डुअल स्क्रिन जस्ता विशेषताहरूसहिको सुविधा रहेको छ ।

यसमा विभिन्न एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम (ए.डि.ए.एस.) सुविधा पनि रहेको छ। जसमध्ये लेन डिपार्चर वार्निङ र प्रिभेन्सन्, ब्लाइन्ड स्पट डिटेक्सन, इमरजेन्सी लेन किपिङ, रियर क्रस ट्राफिक एलर्ट, एडाप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ र अटोनोमस इमरजेन्सि ब्रेकिङ, हिल स्टार्ट असिस्ट, हिल डिसेन्ट कन्ट्रोल तथा १७ ओटा भन्दा बढी अन्य ए.डि.ए.एस. सुरक्षा सुविधाहरू पर्दछन् ।

कम्पनीकाअनुसार यसको बाहिरी एक्स्टेरियरमा, एक्स-आकारको फ्रन्ट फेस र डायनामिक फास्टब्याक आकार, स्ट्याग्र्ड मेट्रिक्स टेललाइट, टि-आकारको डेटाइम रनिङ हेडलाइटसहित अत्याधुनिक र मनमोहक डिजाइनद्वारा सुसज्जित रहेको छ।

भित्र इन्टेरियरमा, २५६ रङको एम्बियन्ट लाइट, सोनीको प्रिमियम ८ स्पिकर सहितको क्रोम डोर ह्यान्डल, इलेक्ट्रिक सनरूफ, ५० वाटको वायरलेस फोन चार्जर, भेन्टिलेटेड सिटहरू, ६ ओटा एयरब्यागजस्ता सुविधा पाइन्छ, जसले प्रयोगकर्ताहरूलाई सहज, आरामदायी र समृद्ध यात्रा अनुभव प्रदान गर्दछ ।

यसको अर्को आकर्षण, २८ मिनेटमै ३०% बाट ८०% मा चार्ज गर्न सक्ने द्रुत चार्जिङ प्रविधि पनि रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: २४ माघ २०८०, बुधबार

तपाइको प्रतिक्रिया