विद्युतीय चुलो वितरण

Technology Khabar २३ माघ २०८०, मंगलवार

विद्युतीय चुलो वितरण
सांकेतिक तस्विर

काठमाडौं ।

कार्बन उत्सर्जन न्यूनीकरणका लागि विद्युतीय चुलो वितरण गरिएको छ। तानसेन ९, मदनपोखराका स्थानीय बासिन्दालाई विद्युतीय चुलो बितरण गरिएको हो। यहाँका ३८ घरपरिबारले सहुलियतमा विद्युतीय चुलो लिएका छन्।

क्लिन कुकिङ एलायन्स एटेक इन्टरनेसनलको सहयोग, तानसेन नगरपालिका र नेपाल विद्युत् प्राधिकरण पाल्पा बितरण केन्द्रको समन्वयमा चुलो प्रदान गरिएको हो।

स्थानीय बासिन्दाको स्वास्थ्य र कार्बन उत्सर्जन न्यूनीकरणमा सकारात्मक भूमिकाका लागि चुलोको प्रयोग आवश्यक रहेको नगरपालिकाले जनाएको छ। खाना पकाउन दाउरा, ग्यास हुँदै विद्युतीय चुलोसम्म प्रयोगमा आइपुगेको छ।

तानसेन नगरपालिकाकी उपप्रमुख प्रतीक्षा सिञ्जाली गाहाले अब यसको प्रयोग बढ्दै जाने बताईन्।

विद्युतीय चुलो प्रयोगले नागरिकको स्वास्थ्य, समय र पैसाको समेत बचत हुने विश्वास गरिएको छ।

प्रकाशित: २३ माघ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया