Technology Khabar २३ माघ २०८०, मंगलवार
काठमाडौं ।
जोय ईबाइक अन्तर्गत भारतमा इलेक्ट्रिक सवारी बनाउने कम्पनी वार्डविजार्ड इनोभेसन एण्ड मोबिलिटी लिमिटेडले भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२४ मा आफ्नो पहिलो हाइड्रोजन पावर्ड इलेक्ट्रिक स्कुटरको कन्सेप्ट सार्वजनिक गरेको छ।
हाइड्रोजन सेगमेन्टमा कम्पनीको यो पहिलो उत्पादन हो। यसका साथै जोय ईबाइकले हाई स्पीड इलेक्ट्रिक स्कुटर पनि पेस गरेको छ। कम्पनीले आफ्नो प्रविधि प्रगति र नयाँ इनोभेसनका साथ यस सवारी पेस गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
एक्स्पोमा जोयको ईबाइक हाइड्रोजन पावरबाट चल्ने इलेक्ट्रिक दुई पांग्रेले सबैको ध्यान आकर्षित गरेको थियो। यस ईस्कुटरको कन्सेप्ट धेरै शान्दार देखिएको र यसका डिजाइन पनि धेरै आकर्षक देखिएको थियो।
कम्पनीले आफ्नो सस्टेनेबल तथा इनोभेटिभ इलेक्ट्रिक मोबिलिटी सोल्यूसनको विजन अन्तर्गत हाइड्रोजन पावरबाट चल्ने भविष्यको सवारी पेस गरेको हो। हाल यो हाइड्रोजन स्कुटर हाल केबल एक प्रोटोटाइपको रुपमा पेस गरिएको हो।
कम्पनीका अध्यक्ष यतिन गुप्ताले देशमा वैकल्पिक र सस्टेनेबल मोबिलिटीलाई अघि लग्न यस प्रकारको कार्यक्रम महत्वपूर्ण हुने बताए। साथै उनले सुविधाजनक इलेक्ट्रिक मोबिलिटी सोल्यूसन उपलब्ध गराउने जोय ईबाइको लक्ष्य पनि रखाकिंत गरे।
उनले ईभी अब वैकल्पिक नभएर अनिवार्य रुपमा आम जीवनमा समावेश हुन आवश्यक भएको धारणा राखे। त्यसैले विशेष रुपमा हामीले हाइड्रोजन आधारित फ्यूल सेल टेक्नोलोजीका साथ भविष्यका लागि तयार गरिरहेका छौं।
हाइड्रोजन पावर्ड इलेक्ट्रिक दुई पांग्रे पेस गर्दै कम्पनीले यसको हाइड्रोजन फ्यूल सेल र इलेक्ट्रोलाइजर टेक्नोलोजीको प्रयोगका बारेमा बताएको छ। यो हाइड्रोजन पावर प्रोटोटाइप फ्यूचर मोबिलिटीको दिशमा एक ठूलो कदम हुनेछ।
यद्यपि यो प्रोटोटाइ अहिले रिसर्च एण्ड डेभलपमेन्ट चरणमा छ। त्यसैले उक्त स्कुटर लन्च हुने मिति बताउन सकिने अवस्था छ।
प्रकाशित: २३ माघ २०८०, मंगलवार