रेड्मी नोट १३ सिरिज नेपाली बजारमा अनावरण, यस्तो छ फोनका फिचर र मूल्य

Technology Khabar २२ माघ २०८०, सोमबार

काठमाडौं ।

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले एक भव्य कार्यक्रम आयोजना गर्दै नेपालमा रेडमी नोट १३ सिरिज सार्वजनिक गरेको छ।

सोमबार आयोजित एक अनावरण कार्यक्रममा शाओमीले आफ्नो रेड्मी नोट १३ सिरिज अन्तर्गत रेड्मी नोट १३ प्रो + फाइभ जी, रेड्मी नोट १३ प्रो, रेड्मी नोट १३ सार्वजनिक गरेको हो।

यी तीनै मोडेलहरुमा ग्राहकहरुले शक्तिशाली प्रोसेसर र उच्च –स्तरीय क्यामराको साथ स्मार्टफोनको नयाँ अनुभव पाउन सक्नेछन् । रेडमी १३ सिरिज मार्फत नयाँ स्टाइल, पर्फर्मेन्स र इनोभेसन प्रदान गर्दै शाओमीले नेपाली बजारमा उच्च गुणस्तरीय प्रविधि प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीले जनाएको छ।

लन्चको अवसरमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने,“ग्राहकहरुलाइ अत्याधुनिक प्रविधिको अनुभव प्रदान गर्ने उद्धेश्यले डिजाइन गरिएका यी नयाँ स्मार्टफोनहरू सार्वजनिक गर्न पाउँदा हामी निकै हर्षित छौं । स्मार्टफोनको बजारमा नयाँ स्ट्यान्टर्ड सेट गर्न पाएकोमा हामी गर्व गर्छौं र हामीलाई आशा छ हाम्रा नेपाली ग्राहकहरुले यी नयाँ मोडेलहरुलाई मन पराईदिनुहुनेछ ।”

रेड्मी नोट १३ प्रो + फाइभ जीः बोल्ड स्टाइल, बेजोड पर्फर्मेन्स

मुख्य विशेषताहरुः

स्टाइलिश डिजाइन र क्रिस्टल क्लियर डिस्प्लेः

स्टाइलिश डिजाइन भएको यस रेड्मी नोट १३ प्रो + फाइभ जि को मोटाई ८.९ एमएम र तौल २०४.५ रहको छ । यसको ६.६७ इन्चको क्रिस्टल रेस एमोलेड कर्भ १.५ के डिस्प्लेमा २७१२८१२२०को रिजोल्युसन र १२० हर्जको रिफ्रेस रेट रहेको छ । आइपि ६८ डस्ट र वाटर रेसिस्टेन्स रेटिङको साथ आउने यो रेड्मी नोट १३ प्रो + फाइभ जि हेर्दा जति स्टाइलिश छ त्यत्ति नै टिकाउ पनि छ ।

बेजोड प्रदर्शनः

रेड्मी नोट १३ प्रो + फाइभ जिमा रहेको मिडियाटेक डाइमेन्सिटी ७२०० अल्ट्रा चिपसेट र ४ एनएम अक्टा–कोर प्रोसेसरले फास्ट पर्फर्मेन्स दिन्छ भने ८ जिबी + २५६ जिबी र १२ जिबी + ५१२ जिबीको स्टोरेज कन्फिगरेसनले ग्राहकहरुलाइ आफ्नो फाईलहरु राख्न सहजता प्रदान गर्छ ।

२०० मेगापिक्सेल शटर म्याजिक

रेड्मी नोट १३ प्रो+ फाइभ जिको २०० मेगापिक्सेलको मुख्य क्यामरा, ८ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामरा र २ मेगापिक्सेलको म्याक्रो क्यामराको साथमा ग्राहकहरुले फोटोग्राफीको नयाँ अनुभव लिन सक्नेछन् । १६ मेगापिक्सेलको फ्रन्ट क्यामेराले आकर्षक सेल्फीहरू निकाल्दछ भने ओआइएस, शाओमी प्रो कट र शाओमी इमेजिङ सिस्टमले मोबाइल फोटोग्राफीको परिभाषा नै परिवर्तन गरिदिएको छ ।

सुपर फास्ट चार्जिङ र आकर्षक सेन्सरः

रेड्मी नोट १३ प्रो+ फाइभ जिको ५००० एमएचको ब्याट्री भएको हुँदा आरामसँग दिनभर फोन चलाउन सकिन्छ । यसमा १२० वाटको हाइपरचार्जर उपलब्ध भएकाले चार्जिङ पनि अति छिटो हुन्छ । डुअल स्टेरियो स्पिकर र डल्बी एटमसको साथमा यस स्मार्टफोनमा इन स्कृन फिङगर प्रिन्ट पनि उपलब्ध छ ।

रेड्मी नोट १३ प्रोः नयाँ ब्यालेन्स

मुख्य विशेषताहरुः

स्टाइलिश एमोलेड डिस्प्लेः

७.९८ एमएमको स्लिम डिजाइन र १८८ ग्राम तौल भएको यस रेड्मी नोट १३ प्रो मा स्टाइल र कम्फर्टको नयाँ सन्तुलन कायम हुने कम्पनीले जनाएको छ । ६.६७–इन्चको एमोलेड डिस्प्ले, २४००८१८०० को रिजोल्युसन र स्विफ्ट १२० हर्ज रिफ्रेस रेटले उत्कृष्ट भिजुअल एक्स्पिरिएन्स प्रदान गर्दछ । साथै यसमा आइपि ५४ डस्ट र स्प्ल्याश रेजिस्ट्यान्स उपलब्ध गराइएको छ भने यसमा ग्लास चाँहि कोर्निङ गोरिल्ला ग्लास रहेको छ ।

२०० मेगापिक्सेल क्यामराः

रेड्मी नोट १३ प्रो ले तपाईंको फोटोग्राफी स्किललाई नयाँ उचाइमा पुर्याउँदछ । ओआइएसको साथ यसको २०० एमपी मुख्य क्यामेराले हरेक डिटेल कैद गर्दछ भने पृथक फोटोग्राफीको लागि ८ एमपी अल्ट्रा–वाइड क्यामेरा र २ एमपीको म्याक्रो क्यामेरा उपलब्ध छ। यसको १६ एमपी सेल्फी क्यामेराले सेल्फी–पोर्ट्रेटहरूमा छुट्टै चमक ल्याउँछ।

सुपर चार्ज र अडियोः

रेड्मी नोट १३ प्रो को ५००० एमएच ब्याट्रीको साथ उत्कृष्ट ब्याट्री लाइफको अनुभव लिन पाइन्छ । साथमा ६७ वाट इन–द–बक्स टर्बो फास्ट चार्जर समावेश रहेको छ । यस स्मार्टफोनमा डुअल स्पिकरहरू, डल्बी एटमसको तथा इन स्क्रिन फिङ्गर प्रिन्ट पनि उपलब्ध छ ।

मूल्य र अफरहरुः

रेड्मी नोट १३ मिडनाइट ब्ल्याक, मिन्ट ग्रीन र आइस ब्लू कलरमा रु.२४,९९९ (६÷१२८ जीबी) र रु. २७,९९९ (८÷२५६) जीबीमा उपलब्ध हुनेछ । रेड्मी नोट १३ किन्दा रु.२,९९९ मूल्यको बड्स ४ एक्टीभ मात्र रु. १,६९९ को अफरमा पाउन सकिनेछ ।

रेड्मी नोट १३ प्रो मिडनाइट ब्ल्याक, फरेस्ट ग्रीन र ल्याभेन्डर पर्पल कलरमा रु. ३४,९९९ (८÷२५६ जीबी) र रु. ३९,९९९ (१२÷५१२ जीबी) मा उपलब्ध हुनेछ । रेड्मी नोट १३ प्रो किन्दा रु.२,९९९ मूल्यको बड्स ४ एक्टीभ मात्र रु. १,६९९ अफरमा वा रु.५,६९९ मूल्यको रेड्मी वाच ३ एक्टीभ मात्र रु. ३,४९९ अफरमा पाउन सकिनेछ ।

रेड्मी नोट १३ प्रो + फाइभ जी मिडनाइट ब्ल्याक, फरेस्ट ग्रीन र ल्याभेन्डर पर्पल कलरमा रु. ४७,९९९ (८÷२५६ जीबी) र रु. ५२,९९९ (१२÷५१२ जीबी) मा उपलब्ध हुनेछ । त्यस्तै रेड्मी नोट १३ प्रो + फाइभ जी किन्दा रु.२,९९९ मूल्यको बड्स ४ एक्टीभ मात्र रु. १,६९९ अफरमा वा रु.५,६९९ मूल्यको रेड्मी वाच ३ एक्टीभ मात्र रु. ३,४९९ अफरमा पाउन सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: २२ माघ २०८०, सोमबार

तपाइको प्रतिक्रिया