दूरसञ्चार प्राधिकरणको कार्यकारी अध्यक्ष बन्नका लागि दुई दर्जन बढी इच्छुक, यी हुन आवेदकहरु

  • Technology Khabar | २१ माघ २०८०, आईतवार
दूरसञ्चार प्राधिकरणको कार्यकारी अध्यक्ष बन्नका लागि दुई दर्जन बढी इच्छुक, यी हुन आवेदकहरु

काठमाडौं ।

– निर्दोष घोरसाईने

नेपाल दूरसञ्चार प्राधिकरणको कार्यकारी अध्यक्ष बन्न २५ जनाले इच्छा जाहेर गरेका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत आइतबार (माघ १४ गते) प्राधिकरणको अध्यक्ष पदका लागि माग गरेको आवेदनका आधारमा २५ जनाले अध्यक्ष बन्न इच्छा जाहेर गर्दै आवेदन दिएका हुन्।

सञ्चार मन्त्रालयका सहायक प्रवक्ता विशाल सापकोटाकाअनुसार आज आईतबार अन्तिम दिनसम्ममा दुई दर्जन भन्दा बढीको आवेदन परेको हो।

‘आवेदनकर्ताहरुको विवरण जाँच गरिदैँछ,’ सहायक प्रवक्ता सापकोटाले टेक्नोलोजीखबरसँग भने, ‘सम्पूर्ण विवरण जाँच गरिसकेपछि मात्र अध्यक्षका लागि आवेदन दिने व्यक्तिहरुको नाम सार्वजनिक गरिनेछ।’

प्राधिकरणका तत्कालिन अध्यक्ष पुरुषोत्तम खनालले पुस २४ गते राजीनामा दिएसँगै उक्त पद रिक्त रहेको छ। सो पदमा हालका लागि सरकारले प्राधिकरणकै बोर्ड सदस्य नवराज अधिकारीलाई कार्यबाहकको जिम्मेवारी दिएको छ।

पुस २४ गतेको मन्त्रिपरिषद बैठकले रिक्त अध्यक्ष पदमा नियुक्तिको लागि सिफारिस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको थियो। सोही समितिले आवेदन माग गरेको हो।

अध्यक्षका लागि आवेदन दिएका आवेदनकर्ता मध्येबाट समितिले अध्यक्षका लागि योग्य तीन व्यक्तिको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछन्। ती तीन मध्ये एकलाई मन्त्रिपरिषद्ले प्राधिकरणको अध्यक्षको रुपमा नियुक्त गर्नेछ।

यसैबीच स्रोतकाअनुसार मैनेजर प्रसाद कानू, रोहित रौनियार, देवनारायण यादव, सुरेश कुमार कार्की, प्रकाश बराल, नगेन्द्र कुमार दास, नन्द बिक्रम अधिकारी, माधव प्रसाद रेग्मी, सागरनाथ उपाध्याय, डोलेन्द्र प्रसाद रेग्मी, रामदेव यादव, लक्ष्मी प्रसाद पण्डित, सुशिल ओझा, नबिन जिसी, गिरेन्द्र राज अधिकारी, अनिल झा, दामोदर रेग्मी, शैलेन्द्र गिरी, भुपेन्द्र भण्डारी, पंकज कुमार दास, गोकर्ण प्रसाद सिटौला, श्रीकृष्ण सुबेदी, जनार्दन भट्ट, चित्रसिंह बुढाथोकी मगर, कमल प्रसाद खनालले आवेदन दिएका छन्।*

*अपडेट गरिएको

प्रकाशित: २१ माघ २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार