अटोनोमस कारहरूको लागि चीनको गिलीद्वारा ११ लो अर्थ अर्बिट स्याटेलाइट प्रक्षेपण

  • Technology Khabar | २० माघ २०८०, शनिबार
अटोनोमस कारहरूको लागि चीनको गिलीद्वारा ११ लो अर्थ अर्बिट स्याटेलाइट प्रक्षेपण

काठमाडौं ।

चिनियाँ अटोमेकर गिली होल्डिङ ग्रुपले शनिबार ११ओटा लो अर्थ अर्बिट उपग्रहहरू प्रक्षेपण गरेको छ। यो दोस्रो प्रक्षेपणले कम्पनीको स्वायत्त सवारी साधनहरूको लागि थप सटीक नेभिगेसन प्रदान गर्ने क्षमता विस्तार गर्दछ।

ती स्याटेलाइटहरु दक्षिणपश्चिमी सिचुआन प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको गीलीको विज्ञप्तिमा उल्लेख छ।

गिलीले भनेअनुसार यसले २०२५ सम्ममा ७२ ओटा स्याटेलाइटहरु कक्षमा हुने अपेक्षा गरेको छ र अन्ततः २४० ओटाको तारामंडल बनाउने योजना छ।

लङ मार्च-२सी क्यारियर रकेटद्वारा बोकेको, ११ गिली-०२ तारामंडल भूउपग्रह प्रक्षेपण स्थलबाट बिहान ७:३७ मा (बेइजिङ समय) मा उड्यो र पूर्व निर्धारित कक्षमा प्रवेश गरेको शिन्ह्वाले रिपोर्ट गरेको छ।

यो लङ मार्च रकेट शृङ्खलाको ५०८औँ उडान अभियान थियो।

पहिलो प्रक्षेपण जुन २०२२ मा सञ्चालन गरिएको थियो।

स्व-ड्राइभिङ कारहरूलाई उच्च-सटीक स्थिति समर्थन प्रदान गर्नुको साथै, यसको नेटवर्कले उपभोक्ता इलेक्ट्रोनिक्स क्षेत्रमा जडान जस्ता अन्य व्यावसायिक कार्यहरू पनि सेवा गर्ने गीलीले जनाएको छ।

भूउपग्रहहरूमा एआई रिमोट सेन्सिङ प्रकार्यहरू छन्, जसले १-५ मिटर (३.२-१६.४ फिट) स्पष्ट उच्च-रिजोल्युशन रिमोट सेन्सिङ इमेजिङ प्रदान गर्ने कम्पनीले भन्यो।

प्रकाशित: २० माघ २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...