एचएमडी ग्लोबलले स्मार्टफोनको लागि नोकिया ब्रान्डिङ छोड्दै

  • Technology Khabar | १८ माघ २०८०, बिहीबार
एचएमडी ग्लोबलले स्मार्टफोनको लागि नोकिया ब्रान्डिङ छोड्दै

काठमाडौं ।

ह्युम्यान मोबाइल डिभाइस (एचएमडी ग्लोबल) ले नोकिया ब्रान्डिङ बिना आफ्नो डिभाइस बिक्री गर्न सुरु गरेको छ। योसँगै नोकिया मोबाइल स्मार्टफोनको युगको अन्त्य भएको विश्वास गरिएको छ।

एचएमडीले आफ्नो आगामी डिभाइस प्रोडक्ट पोर्टफोलियो टिज गर्दै यो समाचार सेयर गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

यसमा स्मार्टफोन, ट्याबलेट र वायरलेस इयरबड छन्। एमएमडी ब्रान्डेड स्मार्टफोन पहिलो पटक एमडब्ल्यूसी बार्सिलोना फेब्रुअरी २६ देखि २९ मा आयोजना हुनेमा देख्न सकिने बताइएको छ।

फिनल्याण्डको एचएमडीको आधिकारिक वेबसाइट अनुसार कम्पनी नोकिया फोनको निर्माता हो। जसको मतलब आगामी नोकिया ब्रान्डेड फिचर फोन हुन सक्छ।

एचएमडीले शक्तिशाली, रमाइलो, सुरक्षित, फास्ट, र किफायती नयाँ फोनहरू ल्याउने योजना बनाएको छ।
हाल उपलब्ध अधिकांश नोकिया ब्रान्डका स्मार्टफोन र ट्याब्लेटहरू आपूर्ति समाप्त नहुँदासम्म छुटमा उपलब्ध छ।

नोकिया कर्पोरेसन अझै पनि नेटवर्क उपकरणमा विश्वको अग्रणी कम्पनी हो। फाइभजीका लागि आवश्यक ६ हजार भन्दा धेरै पेटेन्टका साथ मोबाइल प्रविधिको क्षेत्रमा एक अग्रणी पेटेन्ट लाइसेन्सकर्ता पनि हो।

प्रकाशित: १८ माघ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...