Technology Khabar १८ माघ २०८०, बिहीबार
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एमेच्योर रेडियो कन्ट्रोल अपरेटर वा एमेच्योर रेडियो सञ्चालकको लाइसेन्सका लागि आवेदन खुलाएको छ।
मन्त्रालयले रेडियो सञ्चार (लाइसेन्स) नियमावली, २०४९ बमोजिम एमेच्योर रेडियो कन्ट्रोल अपरेटर वा एमेच्योर रेडियो सञ्चालकको लाइसेन्सका लागि मिति २०८० चैत १० मा लिखित परीक्षा तथा २०८१ वैशाख ८ गते प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने भएको हो।
उक्त परीक्षामा सहभागी हुनका लागि योग्यता पुगेका इच्छुक व्यक्तिहरूले यो सूचना प्रकाशित भएको मितिदेखि २०८० फागुन ९ भित्र उक्त नियमावलीको अनुसूची-१(घ) बमोजिम दरखास्त भरी परीक्षा दस्तुर रु. ४०० बुझाएको नगदी रसिद, २ प्रति अटो साइजको फोटो र एक प्रति नागरिकताको प्रमाणपत्रको प्रतिलिपि संलग्न गरी यस मन्त्रालयको फ्रिक्वेन्सी व्यवस्थापन तथा विश्लेषण शाखामा पेस गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
इलेक्ट्रोनिक्स एन्ड टेलिकम्युनिकेसन विषयमा सामान्य ज्ञान भएको हुनुपर्ने उल्लेख छ। मन्त्रालयले दरखास्त फाराम, दरखास्त दस्तुर बुझाउने विधि तथा पाठ्यक्रम मन्त्रालयकोबाट हेर्न र डाउनलोड गर्न सकिने जनाएको छ।
प्रकाशित: १८ माघ २०८०, बिहीबार