इन्ड्राइभ सबैभन्दा धेरै डाउनलोड गरिएको दोस्रो राइड–हेलिङ एप, विश्वभर धेरै डाउनलोड गरिएको चौथो ट्राभल एप

Technology Khabar १८ माघ २०८०, बिहीबार

काठमाडौं ।

ग्लोबल मोबिलिटी र शहरी सेवा प्लेटफर्म इन्ड्राइभ, सन् २०२३ मा विश्वको सबैभन्दा धेरै डाउनलोड गरिएको दोस्रो राइड–हेलिङ एप बन्न सफल भएको छ। डाटा डट एआईको अनुसार इन्ड्राइभ लगातार दोस्रो वर्ष पनि यो स्थानमा रहन सफल भएको हो ।

यसको साथै इन्ड्राइभ ट्राभल क्याटेगोरी अन्तर्गत विश्वभरि सबैभन्दा धेरै डाउनलोड गरिएको चौथो एपको रूपमा र्यांक गर्न सफल भएको छ। गुगल प्ले र एप स्टोर डाटा (चीनमा आईओएस मात्र) अनुसार २०२३ मा इन्ड्राइभ कुल ६६.६ मिलियनपटक डाउनलोड भएको हो ।

इन्ड्राइभले आफ्नो मुख्य सेवा राइड सेयरिङ अफरलाई नयाँ देशहरूमा विस्तार गर्दै हालै कुरियर डेलिभरी जस्ता नयाँ सेवाहरू पनि थप्दै विस्तार भैरहेको छ । नेपालमा इन्ड्राइभ सन् २०२२ देखि सञ्चालन भइरहेको छ र अहिले सबैभन्दा लोकप्रिय राइड सेयरिङ सेवाहरू मध्य एक हुन सफल भएको छ ।

सन् २०२३ मा इन्ड्राइभले अमेरिकाको मायामी र दक्षिण फ्लोरिडा सहित धेरै नयाँ स्थानहरूमा आफ्नो सेवाहरू सुरू गरेको थियो ।

कम्पनीले उत्सर्जन घटाउने प्रयासमा विभिन्न क्षेत्रहरूमा विद्युतीय सवारीसाधनहरु थप्न थालेको छ ।

यसबारे बोल्दै इन्ड्राइभका संस्थापक र सीईओ आर्सेन टम्स्कीले भने, “यो श्रेय हाम्रो टोलीको अथक प्रयास र हाम्र प्रयोगकर्ताहरूले हामी माथि गर्नुभएको विश्वासको प्रमाण हो। इन्ड्राइभमा हाम्रो सुपर मिशन भनेको सामाजिक अन्यायलाई चुनौती दिनु हो। र हामी उचित मूल्यमा भरपर्दो मोबिलिटी सर्भिसहरु उपलब्ध गराउन र हामी हाम्रा समुदायका मानिसहरूका लागि अर्थपूर्ण आम्दानीका अवसरहरू सिर्जना गर्न प्रतिबद्ध छौँ, र हामीले यो कोसेढुङ्गा मनाईरहँदा इन्ड्राइभको सफलतालाई डाउनलोडको सङ्ख्याबाट मात्र नभई समुदाय र विश्वमा हामीले पार्न सकेको प्रभावबाट मापन गर्छौँ भन्ने कुरा पनि व्यक्त गर्न चाहन्छु।”

डाटा डट एआईकाअनुसार इन्ड्राइभ पाकिस्तान, कोलम्बिया, इजिप्ट, पेरु र मोरक्को सहित १३ देशहरूमा सबैभन्दा धेरै डाउनलोड गरिएको राइड–हेलिङ एप पनि भएको जनाएको छ।

प्रकाशित: १८ माघ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया