टियूको वेबसाइट ह्याकरको नियन्त्रणबाट फिर्ता

  • Technology Khabar | १७ माघ २०८०, बुधबार
टियूको वेबसाइट ह्याकरको नियन्त्रणबाट फिर्ता

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुको वेबसाइट ह्याकरको नियन्त्रणबाट फिर्ता आएको छ। पनिकाको वेबसाइट मंगलबार बेलुकादेखि ह्याक भएको थियो। बुधबार बिहान वेबसाइट ह्याकरको नियन्त्रणबाट बाहिर आएको पनिकाको एक कर्मचारीले जानकारी दिए।

के कारणले ह्याक भएको भन्ने विषयमा अहिले पनिकाका अधिकारीहरु आन्तरिक बैठकमा रहेको ती कर्मचारीले जानकारी दिए।

मंगलबार राती रोहित रोकाया नाम गरेका फेसबुक प्रयोगकर्ताले आफूले पनिकाको वेबसाइट ह्याक गरेको भन्दै पोस्ट गरेका थिए।

रोहितले आफ्नो फेसबुकमा लेखेका छन्, हिजोदेखि टियूले अनलाइन सेवा सुरु गरेसँगै यसले टियूको वेबसाइटमा अट्याक सर्फेस पनि बढाएको छ। यसले गर्दा टियूको वेबसाइटमा सुरक्षा चुनौती थपिएको छ। अब टियूले अनलाइन प्रणालीबाट आएका लाखौं कागजपत्रलाई सुरक्षित राख्नुपर्ने हुन्छ। त्यसैले टियूले कुनै कुनै पनि सफ्टवेयर बनाउँदा सुरक्षाको पाटोलाई पनि विशेष महत्व दिन अन्यन्त जरुरी छ।’

साथै उनले ह्याकिङ गर्नु अवैध र अनैतिक भएको पनि बताएका छन्।

प्रकाशित: १७ माघ २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार