मध्यपुर थिमि नगरपालिकाले सुरक्षित अभिलेख व्यवस्थापन भण्डारण विद्युतीय माध्यमबाट गर्दै

Technology Khabar १७ माघ २०८०, बुधबार

काठमाडौं ।

मध्यपुर थिमि नगरपालिकाले पुराना कागजका प्रमाणपत्र र नक्साको सुरक्षित अभिलेख व्यवस्थापन भण्डारण विद्युतीय माध्यमबाट गर्ने भएको छ।

नगर कार्यपालिकाको कार्यालयले हालै एक सूचनामार्फत नगरपालिका हुनुअघि नगरपालिकाको साविकको गाविस दिव्यश्वरी, बालकुमारी, चपाचो, नगदेश र बोडेमा बिगतमा गा.वि.स. को पालामा पास भएका पुराना नक्साहरू जीर्ण भएको, कागज मकाएको, कुहिने समस्या भएको भनी जनगुनासो आएकाले पुराना कागजका प्रमाणपत्र र नक्साको स्क्यानिङ्ग र डिजिटाइजेसन गरी सुरक्षित अभिलेख व्यवस्थापन भण्डारण विद्युतीय माध्यमबाट गर्ने भएको हो।

“यस नपामा नगरपालिकाले पुराना कागजका प्रमाणपत्र र नक्साको स्क्यानिङ्ग र डिजिटाइजेसनगरी सुरक्षित अभिलेख व्यवस्थापन भण्डारण विद्युतीय माध्यमबाट गर्ने भएकाले गाविसको पालामा पास भएका घरधनीसँग रहेका नक्सा, प्रमाणपत्र यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र न.पा. मा उपलब्ध गराईदिनुहुन अनुरोध गरिन्छ।” सूचनामा भनिएको छ।

यसका साथै न.पा.ले उक्त नक्सा निःशुल्क स्क्यानिङ्ग र डिजिटाइजेसन गरी सेवाग्राहीलाई नै फिर्ता दिने समेत जानकारी गराएको छ।

प्रकाशित: १७ माघ २०८०, बुधबार

तपाइको प्रतिक्रिया